बनेपा, बिगत लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल बनेपा ब्वाईज क्लब, बनेपा काभ्रेले बनेपा नगरपालिकाको सहकार्यमा कोभिड–१९का कारण रोजगारी गुमाएर प्रत्यक्ष समस्यामा परेकाहरुलाईका लागि निःशुल्क खाना खुवाउने भएको छ ।
रोगले भन्दा भोकले कोहि नमरुन भन्ने उदेश्यका साथ २०७७ भाद्र २४ गतेदेखि बनेपा नयाँ बसपार्कमा दिनको २ बजेदेखि ३ बजेसम्म निःशुल्क खाना खुवाउने कार्यक्रम राखिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी गराउनु भयो । साथै कर्माचार्यले सहयोग गर्न ईच्छुक दाताहरुले सहयोग र सहकार्य गर्न पनि अनुरोध गर्नुभयो ।