काठमाडौ, ग्लोवल नेपालीज सेफ फेडेरेसनले वोधिसत्व विहारको सहयोगमा काठमाण्डौको विभिन्न स्थानमा भोक मेटाउने काम गरिरहेको छ ।
नेपाली सेफ(कुकहरु)को संस्थाको व्यवस्थापन र वोधिसत्व विहारको खध्यन्न सहयोगमा १५ दिन देखि निरन्तर रुपमा कान्ति वाल अस्पतालमा ६० जना विरामिका कुरुवा तथा स्वास्थ्यकर्मिहरु लाई खाना खाजाको व्यवस्थापन गरिरहेको छ । त्यसै गरि यो महामारिको समयमा कुनै प्रवहा नगरि सुरक्षा दिई रहेका २०० जना भन्दा वढी नेपाल प्रहरि,ट्राफिक प्रहरी लगायतलाई गोजिमा पैसा भयता पनि होटल रेष्टुराँ नखुलेर खाजा,पानिमा समस्या परेको देखेर संस्थाले आफ्नै ल्यावको वेकरिमा हाई इनर्जि फ्रुटकेक,गेडागुडीको तरकारि,साईनिटाइजर वितरण गर्नेकाम १ हप्ता देखि निरन्तर गरिरहेको संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले वताउनु भयो, फेडेरेसनले तयार गरेको परिकार र खाध्य सामग्रि पनि फरकक्षमता भयका व्यक्तिहरुलाई वितरण गरिरहेको वोधिसत्व विहारका मेनेजर शान्त शर्मा वताउनु हुन्छ ।काभ्रेको वनेपामा रहेका ३० जना ट्राफिक प्रहरिलाई पनि पकेट साईनिटाईजर को व्यवस्था गरियको थियो। यस कामको लागि सेराटन होटल तालिम केन्द्र,मुनलाईट टेलिभिजनले पनि सहयोग गरिरहेका छन ।
काठमाण्डौमा अहिले होटल ,रेष्टुराँ केहि पिन नखुलेको र त्यसमा निरर्भर रहेका कुकुरहरुलाई पनि खाना खुवायको संस्थाका महासचिव मोहन गजुरेलले वताउनु भयो ।








