काठमाडौं,कोभिड–१९ कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणमा संलग्न सम्पुर्ण ब्याक्ति हरुको मनोबल उच्च पार्न हौसला प्रदान गर्ने उद्देश्यले बुढानिलकण्ठ नगरपालिका र उपत्यकाको को विभिन्न क्षेत्रमा संदेश मुलक फ्लेक्स र स्टिकर राखिएको छ ।
रावा रेनुका दिदिबहिनी समुहको अग्रसरता र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा बुढानिलकण्ठ नगरपालिका र उपत्यकाको को विभिन्न सार्बजनिक क्षेत्र, प्रहरी कार्यालय र अस्पतालहरुमा संदेश मुलक फ्लेक्स र स्टिकर राख्ने सप्ताह ब्यापी कार्यक्रम गरिएको हो । कार्यक्रमको थालनी बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले ब्यानर पढेर गरेका थिए । दोश्रो दिन बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एंव वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले वडा कार्यलयमा ब्यानर राखी कार्यक्रममा साथ र समर्थन जनाउएमा थिए ।
कार्यक्रममा समुहका अध्यक्ष दिपा गुरुङ र साथीहरू मिलि विभिन्न स्थानमा ब्यानर टास्ने कार्य भएको थियो । महिलाहरु आफैले डन्डीमा, पर्खालमा, फ्लेक्स टासेको देखेर हेर्नेहरु पनि सहयोग गर्न आएका थिए । कार्यक्रमलाई सफल पार्न सरुवा रोग नियन्त्रण टेकु हस्पिटलका निर्देसक सरोज कुमार राजभण्डारी लगाएत थुप्रै बिज्ञ हरुले प्रत्क्षय अप्रत्यक्ष सहयोग गरेका थिए ।








