काभ्रेपलान्चोक – जिल्लाका बिभिन्न स्थानमा कोरोना संक्रमण समुदायमा फैलिएपछि देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण (कोभिड-१९) को बारेमा मेडिकल सामाग्री बितरण तथा जनचेतना पुन: कार्यक्रम गरेको छ ।
धुलिखेल नगरपालिका वडा न.९ को सहकार्यमा देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण (कोभिड-१९) को महामारीको समयमा दोश्रो पटक मेडिकल सामाग्री तथा जनचेतनामूलक पम्प्लेट टास्ने, माइकिङ गरि कोभिड-१९ विरुद्धको सचेतना सन्देश दिने, धुलिखेल-९ को फस्कोट,दारिम्बोट,ठुलिटारलगायत ०७ स्थानमा माक्स, ह्यान्ड वास, बाल्टिन, सेनिटाइजर आदि सामाग्री बितरण गरेको हो ।३ दिनको अन्तरालमा क्लबले काम यस्तो सामाजिक कार्य गर्न पाउदा निकै हौसिएको र अझै सक्रिय हुनलाइ मद्दत बनाएको क्लबका अध्यक्ष सुमन रानाभाटले बताए ।धुलिखेल-९ को कर्णाली भनिने ठुलिटार इलाकाका जनसमुदायले निकट भबिस्यको लागि क्लबबाट धेरै आशा राखेको र क्लब पनि त्यो क्षेत्रलाइ विशेष प्राथमिकता पनि राखेको बताए ।
कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने , कसैलाइ पनि सामाजिक बहिष्कारको नगरौ र सकारात्मक सोचको बिकास गरौ आदि सन्देशका साथ आम नगरवासीमा चेतना फैलाउँदै हिंडेका थिए ।साथै सो कार्यक्रममा क्लबले कोरोना भाइरससङ सामाना गर्नको लागि पिपिइ सेट सहित कोभिड-१९ उद्दार टिम हरबखत तयार रहेको र सुरक्षाका हरेक उपाय अपनाएर काम गर्ने जानकारि समेत दिइएको थियो ।।
उक्त कार्यक्रम धुलिखेल नगरपालिका वडा ९ का वडाअध्यक्ष बसन्त बहादुर रानाभाट, धुलिखेल नगरपालिका वडा न.११ का वडा अध्यक्ष बिण्णु काभ्रेलि,काभ्रे हेल्थपोस्टका प्रमुख बर्मा शाही, लियो क्लब अफ काठमाडौ देउरालीका प्रेसिडेन्ट निश्चल हमाल, समाजसेवी र देबिस्थान युवा क्लबका कार्यसमिति सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।







