धुलिखेल, जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको सख्या बढ्दै गइरहेको बेला धुलिखेल नगरपालिका वडा नं. ९ का सबै वडाबासीले कोरोना बीमा गराउनका लागि सहयोगी पाएका छन ।
धुलिखेल नगरपालिका वडा नं. ९ का कांग्रेस वडा सभापति बिदुर बस्नेतले कुल लागतको ६० प्रतिशत रकम आफूले व्यक्तीगत तिरेर कोरोना बीमा गराइदिने घोषणा गरेपछि सबै वडाबासीमा खुशीयाली छाएको हो । बस्नेतले–वडा नं. ९ मा रहेका सबै नागरिकको बीमा गराउँछु भनेर शुक्रबार घोषणा गरेको छु । १५ दिनभित्रमा सम्पर्कमा आउनेको कुल रकमको ६० प्रतिशत रकम व्यहोरेर एक लाख बराबरको कोरोना बीमा गराइदिने बताए । अझ दलित र पिछडिएका परिवारमा कोरोना बीमा हुन्छ भन्ने जानकारी हुँदा हुँदै पनि आर्थिक अभाव कै कारण गर्न नसकेको गुनासो आएपछि आफूले व्यक्तीगत रुपमा बीमा गरिदिने घोषणा गरेको बताएदै बस्नतले अत्यन्तै आर्थिक अवस्था कमजोर रहेकाको निःशुल्क समेत गरिदिने बताए । सहकारीकर्मी र जग्गा व्यवसायी समेत रहेका बस्नेतले बार्षिक कमाएको १० देखी १५ प्रतिशतसम्म समाजसेवामा खर्च गर्ने गरेको बताए । –नव क्षितिज साप्ताहिकबाट








