अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
“दारी ग्याङ “ नाम सुन्दै कस्तो अचम्म ,
मेरो मनमा लाग्यो कि यो कुनै झगडा गर्नी अथवा नराम्रा मानिसहरुको समूह जस्तो लागेको थियो ।

आखिरमा त्यो रहेनछ , यो त दारी पालेका युबाहरु जसले समाजमा रहेका नराम्रा कुराहरुको बारेमा सकारात्मक परिवर्तन ल्याउनेको लागि काम गर्ने एउटा सामाजिक सस्था पो रहेछ ।

जति पनि हाम्रो समाजमा रहेका दारी पाल्ने युबाहरु छ्न , हाम्रो समाजले त्यस्ता युबा हरुलाइ ” मायामा धोखा खाएका , पढाईमा असफल भएका र लागुपदार्थ सेवन गर्ने भनेर बयान गर्ने चलन छ ” हो त्यही सोच लाई परिवर्तन गर्ने र दारी पालेका युबा पनि समाजका अभिन्न अङ्ग हुन भन्ने उदेश्यले खोलिएको संस्था रहेछ । दारी ग्याङको बारेमा अझै प्रष्ट पर्दै काभ्रेमा सकृय दारी ग्याङका सदस्य किरण रेग्मी हामिले हाम्रो समाजमा रहेको नकरात्मक सोचलाई जरै बाट हटाउने पर्छ भन्ने उदेश्यले खोलिएको हो यो ” दारी ग्याङ”

सस्थाको स्थापना भएको ४ बर्ष पूरा भैसकेको छ । अहिले नेपालको ६० भन्दा बढी जिल्लाका युबाहरु एस सस्थामा आवद्ध रहेका छन । सामाजिक सन्जाल facebook को group मा करिब १ लाख १० हजार सदस्यता रहेका छन । त्यसै क्रममा काभ्रेमा पनि यो सस्था सकृय रहेको छ।


देश बिदेशमा गरेर अहिले जम्बो टोलि नै बनेको छ । सच्चै भन्ने हो भनी अहिले बहिर हिंड्दा दारी नपालेका युबा देख्न गारो नै छ । यस समुहले काभ्रेमा पुन्यमाता सरसफाइ अभियान पनि चलएको थियो । तराइमा बाढी आएको समयमा लत्ता कपडा देखि लिएर खाने कुराको समेत ब्यबस्था गरेका थियौ ।