काभ्रेपलान्चोक – चक्र बमदेउडा गीत देखि लोक पप गीत गाउछन् । उनका गीतमा पश्चिमेली भाषाका हुन्छन् । त्यहि भाषामा उनले गीतमा आधुनिकपन दिइएरहेका छन् । उनका सृजनालाई निकै रुचाइएको छ । उनका गीत दर्शक श्रोताले निक्कै रुचाएका छन् । धेरै गीतहरु चक्र बमका चर्चामा पनि छन् । पछिल्लो केहि दिन यता उनको ‘गाजल’ बोलको गीतले उनलाई राम्रो उत्साह प्रदान गरिरहेको उनि बताउछन् । टिकटक देखि धेरैका ओठ–ओठमा गाजल गुन्जयमान भैरहेको छ । टिकटकमा पनि गाजलको चर्चा निक्कै छ ।
गितमा टिकटक स्टार गीता ढुङ्गानाको बेजोड प्रस्तुतिको साथमा बजारमा आएको थियो त्यहीँ भएर पनि आज टिकटक गाजल गित निकै चर्चामा छ गित चर्चामा आउनुमा गीता ढुङ्गानाको पनि ठुलो हात रहेको दर्शक श्रोताहरु बताइरहेका छ्न ।उनको दैनिक फेशबुक स्टोरीमा दर्शकहरुले बनाएका टिकटक पोष्ट भैरहेका छन् । फरक धारका गीत सङ्गीतमा रुचि राख्ने बमको आफ्नै शब्द, सङ्गीत र स्वर छ । भिडियोमा बम सहित र टिकटक स्टार गीता ढुङ्गाना छिन् ।
बमसंगै गीताको अभिनय र नृत्यको पनि चर्चा हुन थालेको छ । उनि पनि अहिले गीतमा मोड्लीङमा व्यस्त छन् । कलाकार तथा रंग पत्रकार चीरञ्जीवि सापकोटाको ‘जात’ बोलको गीतबाट मोड्लिङमा डेव्यु गरेकि गीताले त्यसपछि केहि चर्चित कलाकारसंग काम गरिरहेकि छन् । उनले बम सहित चर्चित कलाकार टंक तिमिल्सैना, प्रविशा अधिकारी लगाएतका कलाकारसंग सहकार्य गर्ने अवसर पाएकि छन् ।







