थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।

सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । यो कूल संक्रमितको आधारमा ५१।१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए ।
नयाँ संक्रमितको जिल्लागत विवरण

झापा १
मोरङ २
धनुषा १९
सर्लाही १
काठमाडौं ५
सिन्धुपाल्चोक १
ललितपुर १
सोलुखुम्बु १
चितवन ५
मकवापनुर १
सिन्धुली १
बागलुङ २
नवलपरासी पूर्व १
पर्वत २
स्याङ्जा १
तनहुँ ६
गोरखा १
लमजुङ २
गुल्मी १
पाल्पा १
दैलेख १
रुकुम पश्चिम २
सुर्खेत ११
कालीकोट ७
बझाङ १
डडेलधुरा २
कैलाली २
दार्चुला १