काभ्रे – पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक संजाल ट्वीटर  मार्फत आफ्नो अभिबेक्ति राख्दै जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु मानवता विरोधी काम भएको बताएका छन् ।

रुकुम घटनालाई लियर सडकदेखि संसदसम्म चर्को आलोचना तथा विरोध भई रहँदा पूर्वराजा शाहले मङ्गलवार साँझ ट्वीट गर्दै अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कारबाहीको माग गरेका छन् ।

‘कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म हो’ पूर्वराजा शाहले ट्वीटर  मार्फत भनेका छन् ‘अझै कसैको हत्या हुनु घोर निन्दनीय छ।’

रुकुम घटनामा राजनीतिक संरक्षण भइरहेको विषय बाहिर आइरहँदा पूर्वराजा शाहले त्यसलाई मानव जातिको कलंकका रूपमा चित्रण गरेका छन् ।

‘राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय हो’ उनले भनेका छन् ‘यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कारबाही होस्।’