काभ्रे (बनेपा) – कोरोना भाइरसको जोखिम बढेसँगै नागरिकमा त्रास बढि रहको छ । दिन प्रती दिन कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको छ ।
हिजो एक महिलाको कोरोनाको कारण मृत्यु भएपश्चात लकडाउन थप कडाई गर्ने भएको छ । यो अवस्थामा नियमित रुपमा औषधि सेवन गर्ने दिर्घ रोगीका बिरामी अस्पतालसम्म पुग्ने स्थिती नभएकोलाई मध्यनजर गर्दै बनेपा हेल्थ केयर प्रा.लिले आजदेखि बिरामीको घरघरमै औषधि पु¥याउने भएको छ ।
कोरोना भाईरस (कोभिड 19) को माहामारि फैलि रहेको अवस्थामा हजुरहरु आफ्नो घर छोडि आफुलाई चाहिने अौषधिहरु लिन बजार जानू नपर्ने भएको छ भने साथमा बनेपा हेल्थ केयर प्रा.लिले घर घरमा पुर्याउने भएको छ ।
कोरोना भाईरस बाट वचाउन बनेपा हेल्थ केयर प्रा.लिले सम्पुर्ण अौषधी उपचार घर घर मै पुराउने भएको हो।तपाईंहरुको औषधी तपाईंहरु घरमा औषधी अभाव हुन नदिनको लागि डेलिभरी को व्यवस्था गरेको हो।
यो विषम परिस्थितीमा दिर्घ रोगीका बिरामीलाई अस्पताल पुग्न जोखिम हुने भन्दै यो सेवा सुरु गरिएको बनेपा हेल्थ केयरका प्रबन्धक जिबित थापाले बताए । उनका अनुसार अहिलेको लागि बनेपा, धुलिखेल र पनौतीमा बिना डेलीभरी चार्ज बिरामीको घरमै औषधी पु¥याउने छौँ । अहिलेको लागि एक हजारभन्दा माथिको अडर मात्र लिने उनले बताए ।
अहिले यो सेवा यी तीन ठाउँमा मात्रै यो सेवा सुचारु गरिएको छ,’ उनले भने, ‘अरु ठाउँबाट पनि अडर आएमा उक्त ठाउँमा सेवा सुचारु गरिने छ ।’ यो सेवा बारेमा बनेपा हेल्थ केयर प्रा.लिको फेसबुक पेजमा राखिनुको साथै ०११–६६२१६२ र ९८०३१५४६१९ मा सम्पर्क गरेर पनि बुझ्न सकिने छ ।








