भारतमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार सात पुगेको हो ।
तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७० भन्दा धेरै मानिसको मृत्यु भएको हो । भारतमा एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजार आठ सय ९७ संक्रमित थपिएका छन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि ३१ हजार ३३२ पुगेको छ ।








