अरबिन्द्र गौतम /बनेपा
काभ्रेपलान्चोक – बनेपा योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको ‘ऐसेलुको पात’ भिडियो सार्वजनिक भएको केही दिन मै निकै चर्चा कमाएको छ ।
जुनियर कार्टुन क्रुजको अभिनयमा गित बजारमा आएको छ। योगेश काजीको शब्द, सङ्गीत र सङ्गीत संयोजनमा रहेको जुनियर कार्टुन क्रुजको अभिनय रहेको भिडियो सार्वजनिक भएको छोटो समयमै ट्रेडिण्ङमा पर्न सफल भएको छ ।
सरोज अधिकारीको निर्देशन र आस्मा, पेम्बा तथा निमबाबुको कोरियोग्राफी रहेको छ ।अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु दर्शकको रोजाइमा परेका छन् ।







