काभ्रेपलान्चोक – बनेपा अभिनय सँगसँगै पछिल्लो समय गायनमा पनि चर्चा कमाइरहेकी नायिका तथा गायिका सारिका घिमिरेको नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ।

उनको अभिनयमा ‘रोज आती हो मेरे ख्यालो मे‘’को भिडियो सार्वजनिक भएको छ । अरु राजले निर्देशन गरेको गीतको भिडियोमा मोडल कुन्दन भारद्वाज र नायिका सारिका घिमिरेले अन स्क्रिन रोमान्स गरेका छन् ।

जावेद अली र सौमी शैलेसको स्वर, राज सागरको शब्द र पवन मुर्दपुरीको सङ्गीत रहेको गीत जती राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको नायिका सारिका घिमिरेले नव क्षितिज साप्ताहिक लाई बताएकि छिन ।

https://youtu.be/Yn0oSCFeVao