एम्नेष्टी समूह ७२ पनौतिले पनौति नगरपालिका बिद्यालय स्तरिय मानव तथा बाल अधिकार शिक्षा सम्बन्धि कार्यक्रम सुरु गरेको छ ।
ऐम्नेष्टी अन्तर्राष्ट्रिय नेपाल मानव अधिकार संरक्षण,प्रवद्दन र समावेशी सामाजिक जनचेतना अभिबृद्दिमा सक्रियरुपमा कार्यरत एक अन्तरास्ट्रिय सस्था भएकोले ऐम्नेष्टी समूह ७२ पनौतिले मानबअधिकार सम्बन्धि कार्यक्रम पुण्य मा.बि बाट सुरुवात गरि सबै बिद्यालयहरुमा गर्ने लक्ष्य लिएको छ । पुण्य मा.बिका शिक्षक तथा विधार्थी भाइ बहिनिहरुलाई प्रशिक्षण दिएको थियो । शिक्षक विधार्थीहरुगरि कक्षा ८ देखि १० सम्ममा १०० जना भन्दा माथि उपस्थित भई सहभागीता जनाएका थिए । उक्त प्रशिक्षणमा समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछे र अधिवक्ता तारा श्रेष्ठले बिधमान परिस्थितिमा मानव अधिकारको र बाल अधिकार सम्बन्धि प्रशिक्षण गराउनु भएको थियो । समूह ७२ बाट सचिब हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष राम कुमार बस्नेत, सह–सचिब शन्तोष हुमागाई, अधिबक्ता तारा श्रेष्ठ, प्रताप ताम्रकारको उपस्थित थियो भने बिध्यालयको तर्फबाट शिक्षक शिक्षिकाहरुको उपस्थितिमा शिक्षक बालकृष्ण प्रजापतिले धन्यबाद ज्ञापन दिनुभएको थियो भने विधार्थी भाइ बहिनिहरुको रोचक पुर्ण सहभागीता देखिएको थियो ।