श्री जनहित सामुदायिक सेवा समाज बनेपा ५ काभ्रेको १३ औं वार्षिक उत्सव तथा प्रथम वार्षिक साधारण सभा बनेपा पाटी भेन्युमा सम्पन्न भएको छ।
सामाजिक सद्भाव भाइचारा र एकतामा जोड दिने उद्देश्यका साथ मिति २०६८ साल कार्तिक २६ गते शनिबार ५२ जना स्थानीय व्यक्तिहरु भेला भई प्रति व्यक्ति ११०० रुपैयाँका दरले रकम संकलन गर्दै तत्कालीन जनहित सामाजिक गुठी नामाकरण गरि प्रह्लाद दाहालको अध्यक्षतामा गूठी प्रारम्भ भएकोमा हाल
७१ घरधुरी सदस्य रहेको अध्यक्ष गुणप्रसाद दाहाल राजुले जानकारी गराउनुभयो । यस संस्थाले संस्थाभित्र आबद्ध हुनुभएका परिवारजनमा कुनै सदस्यको मृत्यु भएमा रु तीस हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराउँदै आएको छ । विवाह ,व्रतबन्ध ,पूजा , मृत्यु जस्ता कार्यमा समाज एक ढिक्का भएर सामाजिक कर्तव्यलाई निभाउँदै आएको जानकारी गराउनुभयो । कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बलराम अधिकारीले यस संस्था र समाज चाहिँ नङ र मासुको रुपमा रहनुपर्ने, साथै संस्थालाई दिनुपर्ने सहयोगको लागि हरदम आफू तयार रहेको पनि जानकारी गराउनुभयो।
संस्थाले उक्त कार्यक्रममा पूर्व अध्यक्ष प्रल्लाद दाहाल र निवर्तमान अध्यक्ष शेषानन्द दाहाल बद्री लाई कदर पत्रद्वारा सम्मान गरेको थियो। हाल संस्थाको कुल पूँजी २०,५२,३८५।९० पैसा रहेको कोषाध्यक्ष अम्बिका गौतमले जानकारी गराउनु भयो । सचिव नवराज ढकालले चाडै नै बिनियम बनाएर संस्थाको हरेक कार्यक्रमलाई चुस्तदुरुस्त र सामाजिक क्रियाकलापमा संस्था नियमित रुपमा क्रियाशील रहने जानकारी गराउनुभयो।