पाँचखाल नगरपालिका वडा नं. २ मा रहेको श्री ज्ञानोदय आधारभूत विद्यालयमा शुक्रबार अन्तिम परिक्षाको नतिजा प्रकाशन भएको छ । यस नतिजा प्रकाशन कार्यक्रममा अभिभावकहरुको उल्लेख्य सहभागिता भएको थियो । नतिजा प्रकाशन हुने दिन भएकोले विद्यार्थीहरु समयमै उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन विद्यालयका परिक्षा संयोजक खुदानन्द न्यौपानेले गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापकले सम्पूर्ण विद्यार्थीहरुलाइ बधाइ तथा आगामी दिनमा अझ राम्रो मेहनत गरि अगाडि वढ्न सुझाव दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी वि. व्य. स. सदस्य सोकनाथ गौतमले पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका सुभचिन्तक इन्द्र अधिकारीद्धारा आफ्नो ममतामयी माता मोतिकुमारी अधिकारीको ९० औ तथा पिता कटक बहादुर अधिकारीको ९३ औ जन्म दिनको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ झोला वितरण गर्नु भएको थियो । उहाँको अनुसार बुबा आमाको इच्छानुसार जन्मदिनमा भोजभतेर गरेर लाखौं खर्च गर्नु भन्दा केही दान गर्नु नै पुण्य कर्म हुने भएको वताउनु भयो । कार्यक्रममा उहाँले आगामी दिनमा पनि विद्यालयलाइ आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । आगामी शैक्षिक शत्रमा केही नयाँ पद्धतीमा विद्यालय सञ्चालन हुने बताउनु भएको छ ।
विद्यार्थीहरु नयाँ झोला पाउदा खुसी भएका थिए । कक्षा सातमा उत्कृष्ट भएकी एलिशा तामाङले जन्मदिनको अवसरमा झोला उँपहार दिनु हुने बुबा आमालाइ सुश्वास्थ तथा दिर्घायूको सुभकामना दिएकी थिइन । विद्यालयका सूचना अधिकारी सागर जंग दनुवारका अनुसार यस विद्यालयमा तामाङ समुदायका बालबालीकाहरु अध्ययन गर्ने गर्छन । पाँच प्रतिशत मात्र गैर तामाङ बालबालीका अध्ययन गर्ने गर्छन । नतिजा प्रकाशन पश्चात घरदैलो कार्यक्रम रहेको र छिट्टै नयाँ शैक्षिक सत्र सुरु हुने बताउनु भयो ।
विद्यालयका अर्का शिक्षक पत्न बहादुर तामाङका अनुसार यस विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालीकाहरुले विहान बेलुका घरायसी काम अनिवर्य गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । संघर्षको बावजुद पनि राम्रो नतिजा आउनुमा खुसी हुनु पर्छ भन्नु भयो । विद्यालयका अर्का शिक्षक सरोज अधिकारीले विद्यार्थीले पढाइमा मात्र केन्द्रित भएर नपुग्ने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत भाग लिने गरेमा विद्यार्थीको चौतर्फी विकास हुने वताउनु भयो । कक्षा तीनमा कक्षा शिक्षण गर्दै आउनु भएकी संगीता अधिकारीका अनुसार यस पटक विद्यार्थीको शैक्षिक उपलब्धी आसलाग्दो भएको बताउनु भयो । कार्यक्रममा शिक्षिका उषा ढकालले फोटोग्राफको जीम्मेवारी लिनुभएको थियो । भ्ऋम् शिक्षिकाले पुरस्कार व्यवस्थापनको जीम्मेवरी लिनु भएको थियो । त्यसैगरी शिक्षिका लक्ष्मी सापकोटाले सम्पूर्ण उपस्थीत बालबालिकाहरुलाइ चकलेट वितरण गर्नु भएको थियो ।
विद्यालयका अध्यक्ष्य प्रलाद दाहालले विद्यालयमा गरिव बालबालीकाहरुलाइ व्याग वितरण गर्नु हुने इन्द्र अधिकारीलाइ धन्यबाद ज्ञापन गर्नु भयो । विद्यालयमा घेरावारको कार्य सम्पन्न भइसकेको र आगामी दिनमा विद्यालयलाइ नगर भरिकै उत्कृष्ट बनाउने लक्ष्यका साथ योजनाहरु बनाउदै गरेको जानकारी गराउनु भयो ।