सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूको एकता प्रकिया टुंगिएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । पार्टीले तत्कालीन नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुबाट ऐन महरलाई संयोजक र माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो ।
शुक्रबार अनेरास्ववियूका फ्याक्सन इञ्चार्ज हितमान शाक्य र सह–इञ्चार्ज विनोद ढकालसहित अनेरास्ववियूका संयोजक र सह–संयोजक सम्मिलित बैठकले लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय विस्तार गर्ने निर्णय गरेको छ ।
बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीयसमिति विस्तार गरेको अनेरास्ववियूले जनाएको छ ।
त्यस्तैगरी संगठनले कन्द्रिय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी तीन केन्द्रिय निकाय गठन गरेको छ । प्रत्येक आयोगमा अध्यक्ष र सचिवसहित २१ सदस्य हुने अनेरास्ववियूले जनाएको छ । त्यस्तै १११ सदस्यीय केन्द्रीय कमिटीको सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
को–को बने केन्द्रीय सदस्य ?









