काठमाडौं, नेपाल राहत शिक्षक केन्द्रीय समितिले तत्कालै शिक्षा ऐन ल्याउने वातावरण तयार गर्न माग गरेको छ । समितिले शुक्रबार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै उक्त माग गरेको हो ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाई र उपमहासचिव डम्बर राईलेलगायतको टिमले शिक्षा मन्त्री श्रेष्ठलाई भेटि शिक्षा विधेयक तत्काल प्रकृयामा लान पहलकदमी गर्न गम्भिर ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा विद्यालय शिक्षा विधेयक २०८० शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका लागि पठाएको पनि गुमनामको अवस्थामा रहेको र वर्षौँ देखि कार्यरत राहत शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतको पेसागत भविष्य अन्योलमा रहेको उल्लेख गरिएको छ।

जीवनको अध्ययनशील र ऊर्जाशील समय राज्यको सामुदायिक विद्यालय शिक्षामा योगदान गरेका अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूलाई नीतिगत अन्योलता सिर्जना गरी पेसागत भविष्य माथि कुठाराघात गर्ने छुट कसैलाई नरहेको बिज्ञप्तिमा उल्लेख छ।

हेर्नुुस ध्यानाकर्षण पत्र