काभ्रेपलान्चोक – नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन तरुण दलका केन्द्रीय सदस्य एवम् समाजसेवी कुलध्वज तामाङले आर्थिक सहयोग गरेका छन् ।

नेपाल तरुण दलको गत चैत १६ र १७ गते काठमार्डौमा बसेको वैठकले तरुण दलको भवन बनाउने निर्णय गरेको थियो । आर्थिक सहयोग संकलन गर्ने क्रममा केन्द्रीय सदस्य कुलध्वज तामाङले २ लाख रुपैंया अध्यक्ष विद्वान गुरूङलाई प्रदान गरेका छन् ।

केन्द्रीय सदस्य तामाङले शिक्षा, स्वास्थ्य, खेलकुद तथा रोजगारीको क्षेत्रमा बिगत देखि नै सहयोग गर्दै आईरहेका छन । नेपाल तरुण दलको भवन रवि भवन काठमाडौंमा बनाइने भएको छ ।