हाम्रो जीवनमा यस्ता रहस्यहरू हुन्छन् । जो हामीले कहिल्यै कसैलाई बताउनु हुँदैन् । किनकि आफ्ना यस्ता रहस्यहरू बताउँदा नोक्सानी आफैंलाई हुन सक्छ । नोक्सानी मात्रै नभई यसो गर्दा आफ्नो चरित्रमाथि पनि प्रश्न उठ्न सक्छ ।
यी पाँच कुरा जो भुलेर पनि अरुलाई सुनाउनु हुँदैन
१. गुरु मन्त्र
यदि तपाईंले आफ्नो गुरुबाट कुनै मन्त्र लिनुभएको छ भने त्यसलाई गोप्य नै राख्नुपर्छ, किनकि गुरुमन्त्रको अर्थ तब मात्रै सार्थक हुन्छ, जब त्यसलाई अरुबाट लुकाएर राख्न सकिन्छ ।
२. गुप्त दान
शास्त्रका अनुसार गोप्य दानको जसले गोप्य दान गरेको हुन्छ, उसलाई अक्षय पुण्यका साथ भगवानकाे आशीर्वाद मिल्छ । त्यसकारण गोप्य दानका बारेमा कसैलाई भन्नु हुँदैन ।
३. श्रीमान्/श्रीमतीबीचको कुरा
श्रीमान्/श्रीमतीबीचको विवादको कुरा कसैलाई पनि भन्नु हुन्न । यदि भन्नुभयो भने त्यो कुराको फाइदा अरुले उठाउने मौका पाउँछन् ।
४. उमेर
आफूलाई जवान देखाउनका लागि धेरैले आफ्नो उमेर सही बताउँदैनन् । यसो गर्नु आफ्ना लागि भने फाइदाजनक हुन्छ । किनकि आफ्नो उमेर अरुलाई नभन्दा आफ्नो उत्साहमा कमी आउँदैन ।
५. औषधि
आफूले प्रयोग गर्ने औषधिका बारेमा अरुलाई भन्नु हुँदैन । यसले फाइदा आफैंलाई हुन्छ । साथै, औषधिलाई घाममा पनि राख्नु हुँदैन ।








