इङ्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ ‘द डल हाउस’ । यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो । कम्पनीका अनुसार हाल पचासौं वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन् ।

उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब २२ लाख नेपाली रुपैयाँ)सम्म तिर्न तयार हुन्छन् । मध्ये उमेरका समलिंगी र इतरलिंगी दुवैले सेक्स रोबोटको आनन्द लिइरहेको कम्पनीले जनाएको छ ।

द डल हाउसका प्रबन्ध निर्देशक फिल बास भन्छन्, ‘अहिले विवाहित, एकल र बच्चाबच्ची भएका मध्य उमेरका महिलाले सेक्स डल प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ । महिला–यौन खेलौना अब पुरुषहरूको चाहना मात्र रहेन । केही वर्षयता थुप्रै इङ्लिस महिलाले फिमेल सेक्स डल किनिरहेका छन् । खासगरी, ५० वर्षमा हिँडिरहेका महिलाले यौन खेलौनामा असाध्यै रुचि देखाउन थालेका छन् ।’

महिलाले महिला–यौन खेलौना बढी प्रयोग गर्न थालेपछि तिनको मूल्य पनि बढेको छ । आफूले भनेजस्तो यौन खेलौनाका लागि जति पनि रकम तिर्न तयार महिलाको ठूलो संख्या भएको द डल हाउसका बास बताउँछन् ।

‘अचेल विभिन्न प्रकारका सेक्स डल पाइन्छन्’, बास भन्छन्, ‘बोल्ने, हाँस्ने, गाउनेदेखि चरमोत्कर्षमा पुगेको अभिनय गर्नेसम्म यौन खेलौना पाइन्छन् ।’ बासले तीन वर्षअघि मात्र यौन खेलौनाको व्यवसाय सुरु गरेका थिए ।

‘कोही–कोही महिला ग्राहक त अचम्मका हुन्छन्’, उनी थप्छन्, ‘हालसालै एक जना ग्राहकले हामीलाई अनौठो अर्डर दिएकी छन् । उनी यस्तो रोबोट चाहन्छिन्, जसको टाउको त महिलाको होस् तर शरीर र यौनांग भने पुरुषको होस् ।’

महिलाले कसरी यौन खेलौना प्रयोग गर्छन् भन्ने विषयमा थोरै मात्र अध्ययन भएका छन् । ‘ह्वाइट द सेक्स’ नामक पोडकास्ट चलाउने पत्रकार फिबी ग्रेगरका अनुसार महिलाले सेक्स रोबोटलाई आफ्नो सपनाको व्यक्ति मानेका हुन्छन् ।

‘आफूले कल्पना गरेको आदर्श पार्टनर वास्तविक जीवनमा नभेटेपछि महिलाहरू सेक्स रोबोटमार्फत आफ्नो त्यो इच्छा पूरा गरिरहेका हुन्छन्’, उनले भने । अन्नपूर्ण सम्पूर्णबाट