बनेपा, ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागमन, ‘ट्रफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने नाराका साथ विहिबारकाट शुरु भएको ट्राफिक सप्ताह जारी रहेको छ ।
ट्राफिक सप्ताहको विहिबार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लार्पवाही गरी चलाएका सवारी साधनबाट हुन सक्ने दुर्घटना न्यूनिकरण गर्न समुदायमा सचेतना गर्नु पर्ने बताउनु भएको थियो । सप्ताहको पहिलो दिन प्रभातफेरी सहित लामो दुरीका सवारी साधनहरुमा ब्यानर तथा स्टिकर टाँस गरिएको थियो । चारदोबाटो चोकबाट शुरु भएको प्रभातफेरी बनेपा पार्टी भेन्युमा समापन गरिएको थियो । सप्ताहको उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
माघ २६ गते स्वंय सेवक परिचालक गरी सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने, सचेतना स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गर्ने गरिएको थियो । तेश्रो दिन शनिबार ग्रामिण सडक लक्षित कार्यक्रम, बढि भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिएको थियो । हिजो आईतबार भने सवारी चालकहरुसँग ५ मिनेटको कार्यक्रम तथा ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख एवं प्रहरी निरिक्षक जनार्दन घिमिरेले बताउनु भयो ।
आज सोमबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँगाउँमा आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना गराईनेछ । भने फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारी साधनहरुको यान्त्रीक परीक्षण र सप्ताहको सातौ दिन फागुन २ गते ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिता बारेमा संचारकर्मी लगायत सरोकारवालाहरुसँग अन्र्तक्रिया गरिने प्रहरी निरिक्षक घिमिरेले नव क्षितिज साप्ताहिकलाई बताउनु भयो ।