सबिता परियार नाम लोक दोहोरी क्षेत्रमामा चर्चित छ । सानै उमेरदेखि नै उहाँलाई लोकभाका धेरै नै रुचि थियो रेडियोमा गित बज्दा पनि सङ्गै गुनगुनाउने स्कुल पढ्न जादा हरेक हप्ता शुक्रबार स्कुलमा कार्यक्रम हुदा भाग लियर गाउँने अझै पनि याद छ । घासदाउरा मेलापात गाईबाख्रा चराउन जादाहोस गित गाउदै हिन्ने । गाउँमा तिज मेला अन्य पुजा हुदा आमा बाबाले गालिगर्दा पनि भागेर गित गाउन नाच्न पुग्ने उहाँ को भनाई छ ।
गायनका साथ उहाँ नाच्नु पनि उत्तिकै सिपालु हुँदै जानुभयो । पछिल्लो समय उहाँ लोकदोहोरी गायिका मध्ये स्टेज लाइभ दोहोरी मेला महोत्सवको नामले चिनिनुहुन्छ । मलाई नक्कली भैछ नभन, सुर्ति चेपेर, माईलीले लाएको साडी, अर्को साल फेसन कस्तो आउने हो, ज्यानले मन पराईच, दशै गित टीका र जमरा, गावै रमाइलो देशै रमाइलो दशै आउदा मनमा पिर भयनी यसै रमाइलो, भाग तिन लगायत उहाँका थुप्रै चर्चित गित छन् । उहाँलाई गायनमा स्थापित गर्ने गित भने गावै रमाइलो देशै रमाइलो दशै आउदा मनमा पिर भयनी यसै रमाइलो हो ।
अहिलेसम्म इन्डिया मलेसिया पुगेर आफ्नो प्रस्तुति दिइसक्नु भयको छ । नेपालकै पनि प्रायः सबै जिल्लामा पुग्नुभएको छ । नवगायिकादेखि उत्कृष्ट गायिकासम्म उनले गायनबाट थुप्रै अवार्ड र पुरस्कार हात पारेकी छन् जस्तै पाचौ ज्योति फिल्मस म्युजिक अवार्ड, चाडपर्ब गायिका र प्रियसि इन्टेरनेसनल सिल्भर म्युजिक आवार्ड, मौलिख कौडा गायिका । पुरस्कार , सम्मानले आफुलाई झनै परिपक्व बनायको उहाँ बताउनुहुन्छ । सबिता आफ्ना लागि सांगितिक क्षेत्र सबथोक भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ सङ्गीत मेरा लागि नशा हो । यसबाट म टाढा हुन सक्दिन । यो क्षेत्रमा अवसर र चुनौती दुवै उत्तिकै छ। हरेक क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा छ । त्यसमाथि अहिले भाईरलको जमना छ । चुनौतीको सामना गर्दै सङ्घर्ष गर्नेहरूका लागि साङगीतिक क्षेत्र आर्थिक रुपमा पनि उत्तिकै सबल भएको उहाँ बताउनुहुन्छ ।