राष्ट्रिय भाव झल्काउने गीत “नजाने भो हाम्रो दुःख” बोलको गीत सार्वजनिक भएको छ। ब्धबार काठमाडौंको नयाँबानेश्वरस्थित सनराइज क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो। शिशिर योगीको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको जोडदार अभिनय रहेको छ।
गाउँघरमा आफ्ना सन्तान नहुदा बाबुआमाले भोग्नुपरेको पीडा, पछिल्लो समय युवाहरू बिदेश पलायन हुँदा गाउँघरमा बाझो बन्दै गएको खेतवारी, साथै समग्रमा व्यवस्था बदलिए पनी नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिदै तयार पारिएको उक्त गितको म्युज भिडियो ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
नारद पोखरेलको शब्द रहेको उक्त गीतमा ज्योती प्रकाशको संगीत भरेका छन्। दिपेन्द्रप्रकाश केसीको निर्देशनमा निर्माण भएको भिडियोको छायांकन नुवाकोट जिल्लाको थाहा नगरपालिकास्थित कुन्छाल गाउँमा भएको थियो। गोबिन्द अन्जानको छायांकनमा तयार गरिएको गीतलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन्। हेर्नुस भिडियो>








