नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन्। कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभाको अवसरमा उनी सम्मानित भएका हुन् ।

दाहालले दूध र दुग्ध क्षेत्रमा पुर्याएको विशेष योगदान स्वरुप सम्मान गरिएको संस्थाले जनाएको छ । सम्मानले आफूलाई दूध र दुग्ध जन्य क्षेत्रमा थप सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको दाहालले बताए । बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले दाहाललाई सम्मान गरेका हुन् ।

ूकागेश्वरी दुग्ध उत्पादन सहकारी संस्थाको १६ औं साधारणसभा संस्थाको प्राङगण कागेश्वरी ( १, मा भव्यताका साथ सहकारीका अध्यक्ष रवि शरण थापाको सभापतित्वमा एवं पूर्व भौतिक पूर्वाधर मन्त्री, बाग्मती प्रदेशका रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सभापति थापाले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको विभिन्न विषयमा प्रष्ट पार्दै कृषि क्षेत्रलाई पहिलो प्रथामिकता दिनुपर्ने कुरा बताए । विषेश अतिथि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले एक सहकारी एक उत्पादनमा जोड दिनुपर्ने कुरा बताए । कार्यक्रममा अर्का विषेश अतिथि नेपाल डेरी एशोसिएनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र यसपटक इतिहासमै कठिन मोडमा रहेको र सरकारले समयमै समस्याको हल नगरे डेरी क्षेत्र ठूलो दुर्घटनामा पर्ने कुरा बताए । कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ ललितपुरका प्रमुख डा। राम प्रकाश प्रधानले पशुपालक किसानहरुलाई निरन्तर सहयोग गरिरहनु पर्ने कुरामा अब स्थानीय तह पनि लाग्नुपर्ने कुरा बताए । प्रमुख अतिथि पूर्व मन्त्री फुँयालले यस्तो जटिल अवस्थामा सहकारीले यसरी भेला गरि शेयर बोनस समेत दिन सफल भएमा खुशी ब्यक्त गर्दै सहकारीलाई धन्यवाद दिंदै आगामी दिनमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै किसिमका सहयोग गर्न तयार रहेको बताए । सभामा सहकारीका शेयर सदस्यहरुको बाक्लो उपस्थितिमा साधारण सभा भव्यताका साथ बिधिवत रुपमा सम्पन्न भएको सहकारीका नरेश चौलागाईंले बताए।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्बर कुँवर,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधान, नियमित दुध बेच्ने किसान लगायत विविध विधामा सम्मान प्रदान गरिएको थियो ।