काभ्रेपलान्चोक – समृद्धिको आधार नै सक्षमत भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार स्मार्ट प्यालेसमा संस्थाको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो।

दिउँसो १ बजेबाट सुरु भएको २८ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले गर्नुभएको हो भने सहकारी विद कैलास भक्त प्रधानाङ्ग प्रमुख आतिथ्य हुनुहुन्थ्यो । साधारणसभाको सहकारी विद कैलास भक्त प्रधानाङ्गले उद्घाटन गर्नु भएको थियो । सभाले चालु आर्थिक वर्ष २०७९/०८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कैलास भक्त प्रधानाङ्गले सहकारी बारे प्रस्ट पार्नु भएको थियो । सोही अवसरमा बोल्दै प्रधानाङ्गले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । देशमा बढ्दै गइरहेको आर्थिक संकटलाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशामा हिँडाउन सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनु पर्ने बताउनु भएको छ।

साधारणसभामा अध्यक्ष रमेश काजी श्रेष्ठले सहकारीको चौतर्फी विकासका लागि आफु सधै संस्थाको साथमा रहेको बताउदै हरेक सहकारी संस्थाले आर्थिक,सामाजिक,सांस्कृतिक र वातावरणीय पक्षका आधारमा काम गर्नुपर्ने बताउनु भयो। उहाँले हरेक सहकारी संस्था प्रविधिमैत्री हुनुपर्ने र कागजी भन्दा पनि अब डिजिटल प्रविधिमा केन्द्रित भएर संस्थाले काम गर्नुपर्ने श्रेष्ठले बताउनु भयो ।

सस्थाको शेयर पुजीं ९८ लाख ९७ हजार २ सय, बचत संकलन १३ करोड १३ लाख ५२ हजार पचास , ऋण लगानी १९ करोड ४६ लाख १६ हजार एक सय ६४ रुपैयाँ र १० लाख एक हजार ३७ रुपैया नाफा गर्ने सफल भएको थियो । कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बचत कर्ता, बाल सदस्य, ऋणीहरुलाई सम्मान गरेको थियो ।

साधारणसभामा अध्यक्ष रमेश काजी श्रेष्ठले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, लेखा समितीका संयोजक राजेश मानन्धरले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष मनोज थापाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

कार्यक्रमको संचालन संस्थाको उपाध्यक्ष भवानी जोशीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य मणि श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्सकुनको अध्यक्ष चन्द्र प्रसाद ढकाल, आई.सि.डि नेपालको अध्यक्ष श्याम तिमल्सिना, गरिब उत्थान साकोसको रन्जना देवि प्रधानाङ, नेफ्सकुनको पुर्व प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी, चण्डेश्वरी साकोसको अध्यक्ष नवीन भक्त बादे, संस्थाका संचालक समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत शेयर सदस्यहरुको उपस्थित रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पार्वती थापाले बताउनु भयो ।