दिपक प्रसाद पौडेलको छैठौं पुस्तक “जीवन यात्रा र अनुभूति“ प्रकाशन भएको छ । (संस्मरण ) ७ खण्ड मा ३४ वटा लेख र तस्बिरहरू समाबेस भएको पुस्तक २२४ पृष्ठ को रहेको छ ।
२०७९ मा छपाइ कार्य सम्पन्न भएर २०७९ पुस २५ गते आफ्नो जन्मदिनमा बिमोचन गर्ने तयारी भए पनि २०७९ पुस ०२ गते ममतामयी माता बिष्णु कुमारी पौडेल स्वर्गीय हुनुभएकोले, माताको बार्षिक कार्य सम्पन्न पछी , पुस्तक सार्वजनिक गरेर सहयोगी, इष्टमित्र, साथीहरूलाई उपलब्ध गराउने इच्छा राखेको तर २०८०÷०७÷०९ गते पिता बिष्णु प्रसाद पौडेल समेत स्वर्गीय हुनुभएकोले हाम्रो दुखको यो समयमा पुस्तक बिमोचन कार्यक्रम गर्न उपयुक्त नठानेर आमाको बार्षिकी २०८० पुस २० गते सबै स्वजन, इष्टमित्र आफन्त दाजुभाइ, साथी सहयोगी हरुलाइ उपलब्ध गराउने दिपक प्रसाद पौडेलले बताउनुभयो ।
आमाको काख छुटेपछि माता स्मृति ग्रन्थ तयारी गरिसकेको थिए । यो कार्य पनि अब एकबर्ष पछी पिताको बार्षिक को दिन मातापिताको स्मृतिमा एउटै पुस्तक लेखन गर्दै छु । अन्य केहि पुस्तक लेखनमा अग्रजहरुलाइ सहयोय गरीरहेको छु भन्दै एक बर्ष पहिलै छपाइ सकेको मेरा पुस्तक हजुरहरु लाई उपलब्ध गराउने वाचा गर्दै प्रकाशनमा सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद सहित बिगतमा जस्तै आगामी दिनमा समेत यहाँहरुमा माया सहयोग पाउने आशा र बिश्वास गरेको लेखक दिपक प्रसाद पौडेलले बताउनु भयो । लेखक दिपक प्रसाद पौडेल पौडेल वंश महासंघ नेपालको उपाध्यक्ष हुनुहुन्छ उहांको सम्पर्क नम्बर ९८४१४२६६८७ रहेको छ ।