आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’माथि पोखरामा चर्चा गरिएको छ ।
¥यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२औँ शृङ्खलामा उपन्यासको परिचर्चा गर्दै पत्रकार तथा लेखक विकास रोका मगरले नेपालमा भएको दसवर्षे जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए ।
कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पढाइमा अब्बल भई नर्स बन्ने सपना देखेकी रोल्पाकी एक किशोरी ईश्वरीको जीवन सङ्घर्षलाई उतारिएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गीता लामिछाने, दीपेन्द्र श्रेष्ठ, स्ट्रगल राना, खिम लामिछाने, सुदिप घिमिरे, विष्णु बाँस्तोला, के. आर. ढकाल, विजय भण्डारी, मोती भुजेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सहजीकरण सहसचिव दीपक पराजुलीले गरेका थिए ।








