पछिल्लो समय चर्चामा रहेकी गायिका निरुता खत्री र गायक कृष्ण नाथको नयाँ गीत ‘मेरा बलाता गाउँ’ देउडा गीत सार्वजनिक भएसँगै चर्चामा रहेको छ ।
गीत संगीतहरुमा देउडा गीत एक पछि अर्को सार्वजनिक हुने क्रम निकै छ धेरै जसो पश्चिम भेगमा रहेको दर्शक हरुले धेरै रुचाएका गीतमा पर्छन देउडा गीतहरु । यसै सन्दर्भमा मेरा बलात गाउँ देउडा गीत भर्खरै मात्र सार्वजनिक भएको हो ।
कृष्णनाथको प्रस्तुति शब्द संगीतमा रहेको गीतमा कृष्णनाथ लाई निरुता खत्रीले सुमधुर आवाजमा साथ दिएकी छन । बिनोद बाजुराली को एरेन्ज, रुपा सैलालको म्युजिक भिडियो निर्देशनमा रहेको उक्त गीतमा सोनि बि.क को छायांकन र सम्पादन रहेको छ भने जगदिश नाथ र निरुता खत्रीको आकर्षक अभिनय रहेको छ । निरुता खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन आफनो संस्कृति समेट्दा गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्किएको हेर्न सकिन्छ ।
हेर्नुुस भिडियो








