धुलिखेल, काभ्रेली सञ्चार जगतमा थप एक अनलाईन मिडिया शुभारम्भ भएको छ । सोमबारबाट मदानी बिट मिडिया प्रा.ली.द्वारा संचालित ‘ममदानी विट डटकमको शुभारम्भ भएको हो ।

पुर्व सूचना तथा संचारमन्त्री एवं काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सांसद गोकुल बाँस्कोटाले मदानी बिट डटकमको शुभारम्भ गरेका हुन् । धुलिखेलमा आयोजित एक विशेष शुभारम्भ कार्यक्रममा बाँस्कोटाले दिप प्रज्वलन सहित मदानी बिट डटकमको शुभारम्भ गरेका हुन् ।

हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन भन्ने नारासहित सत्य, तथ्य र निश्पक्ष सामग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्ने जमर्को सहित शुभारम्भ गरिएको अनलाईन पोर्टलले समाजका हरेक आयामहरुलाई मथेलेर सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने मिडियाका अध्यक्ष मोतिराम तिमल्सिनाले बताए ।

काभ्रेपलाञ्चोक जिल्लामा विगत लामो समयदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाको अध्यक्षतामा सञ्चालित मदानी बिटको सुरुवातले जिल्लामा सूचना तथा सञ्चारको क्षेत्र थप मजबुत हुने आशा गरिएको छ । मिडियामा सञ्चारकर्मीहरु श्याम सापकोटा, लक्ष्मण तिमल्सिना, बिकास तिमल्सिनालगायतको टिम रहेको छ ।

शुभारम्भ कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित संघीय सांसदहरू‚ प्रदेश सांसदहरू, पूर्व मन्त्रिहरु, राजनितिकर्मीहरु, जिल्लाका सुरक्षाकर्मी‚ सञ्चारकर्मी‚ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू‚ विभिन्न संघ संस्था साथै जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।