नेकपा एमाले जनता, दल र संगठनमा विश्वास गर्ने पार्टी हो । देशमा रहेका राजनीतिक दलहरुमा सबैभन्दा राम्रो धरातल भएको पार्टीको रुपमा परिचय बनाएको नेकपा एमाले सिंगल जनमतको हिसबाले देशकै सबैभन्दा ठूलो राजनीतिक दल हो ।
एमालेका दर्जनभन्दा वढी जनसंगठनहरु देश, जनता र पार्टीको मजबुतीका लागि संगठित भएर लागिरहेका छन् । राष्ट्रिय युवासंघ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, राष्ट्रिय अपाङ्गता संगठन नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, नेपाल उत्पीडित जातीय मुक्त्ति समाज, नेपाल उद्योग व्यवसाय महासंघ, नेपाल खेलकुद महासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल बुद्धिजीवी परिषद्, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, पेशागत महासंघ, नेपाल, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, प्रेस चौतारी नेपाल, प्रगतिशील इन्जिनियर्स एसोसिएसन, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मुस्लिम इत्तेहाद संगठन, रिटर्नी फेडरेसन नेपाल र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जस्ता दर्जनौं जनसंगठनहरु पार्टीको माताहतमा चल्दै आएका छन् । यी संगठनहरु पार्टीको जनसंगठनको रुपमामात्र परिचित नभएर विधानमा टेकी वैधानिक ढंगले जनपक्षीय रुपमा देश र जनताको लागि आ–आफ्नो सांगाठानिक कार्यक्रमहरु अगाडी वढाउन स्वतन्त्र र सक्रिय रहँदै आएका छन् । यसै सन्दर्भमा मंसिर ७ गते राष्ट्रिय युवा संघ नेपालले आफ्नो नियमित कार्यक्रम अन्तर्गतको केन्द्रियस्तरको बिरोधको कार्यक्रम काठमाडौको माइतिघर मण्डलामा गर्दैछ । त्यो कुनै पार्टी वा व्यक्तिको विरुद्धमा लक्षित नभएर एकपछि अर्को गर्दै जनविरोधी बन्दै गएको सरकारको ध्यानाकर्षण र सरकारसंगका विभिन्न असन्तुष्टिहरुको सन्दर्भम केन्द्रित रहेको छ ।
सोही दिन राजावादीहरुले र केहि अराजक र उत्श्रृंखल व्यक्तिहरुले प्रर्दशन गर्न लागेको र त्यस सनदर्भमा एमाले प्रर्दशन प्रसाई केन्द्रित हुन लागेको भन्ने भ्रम श्रृजना हुन लागेको कुरा सरासर गलत कुरा हो । मंसिर ७ गते गतेको कार्यक्रमलाई देशप्रेमी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी नेपालीहरुको साझा कार्यक्रमका रूपमा अगाडी वढाउने युवा संघको पूर्ववत विरोधको कार्यक्रम हो । बाहिर खेलेर लगेको नदेखिएपनि केहि राजावादी र देशमा अस्थिरता चाहनेहरु एमालेको विरुद्धमा लागेको त हो नि भन्ने ढंगले हेरेर बसेको देख्न सकिन्छ । प्रजातन्त्र, लोकतन्त्र भनौं वा संघीय लोकतानित्त गणतन्त्र जे भनेपनि यो एमालेको लागिमात्र हैन । यसमा लामो समय, ठूलो बलिदानी र नागरिकको योगदान रहेको छ ।
जहिलेपनि पात्र भन्दा प्रवृत्ति खराब हुने गर्दछ । लोकतन्त्रको विरुद्धमा लाग्ने जो कोहि देश र जनताको पक्षपाती बन्न सकदैन । त्यो अन्तत्वगत्वा देशद्रोही ठहर्नेछ । मंसिर ७ मा काठमाडौंमा हुन लागेको भनिएको जनविरोधी कदमको विरुद्धमा सबै एक हुनु जरुरी छ । सरकारमा त आज एउटा छ भने भोली अर्कै पुग्न सक्छ । यो सब कामको लागि लोकतन्त्र र लोकतानित्रक व्यवस्थाप्रति सबैको विश्वास कायम राखेर अगाडी वढ्नु पर्दछ । मंसिर ७ को सन्दर्भमा वढ्दै गएको यथार्थ र भ्रमको विषयमा नेपाल राष्ट्र र बहुदलीय लोकतान्त्रिक ब्यवस्थालाई माया गर्ने सबै ब्यक्ति, संस्था तथा राजनीतिक शक्तिहरुलाई नेकपा एमालेले मित्र ठान्दछ । राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउनेहरु नेपालीका शत्रु हुन । बहुदलीय व्यवस्था र लोकतन्त्रको विकल्प निरंकुश जहानीया राजतनत्र हुनै सकदैन । लोकतान्त्रिक ब्यबस्थामाथि धावा बोल्नेहरु नेपाली जनताका शत्रु महाशत्रुहरु हुन । त्यति मात्र नभएर राज्य संचलनको क्रममा हुने भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, कमिशनखोरी नेपालीका अझ काम नलाग्ने शत्रु हुन । अराजकता, साम्प्रदायीकता, बिखण्डनबाद नेपालीका दुश्मन हुन । धार्मिक अतिबाद, उग्रवामपन्थी अतिवाद तथा दक्षीणपन्थी अतिवाद नेपालीका शत्रु हुन । अशिक्षा, गरिबी, अविकास, पछौटेपन, रोग, बेरोजगारी अग्रगतीका चुनैती र नेपालीका शत्रु हुन ।
माथि उठाइएका मुद्धाहरु सिंगो राष्ट्रका साझा सवाल हुन । प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार उपरोक्त बिषयलाई सार्थक संबोधन गर्न र सकारात्मक आशावाद जागृत गर्न असफल भएको छ । कतिपयले सरकारको असफलतालाई व्
यवस्था र प्रणालीको असफलताका रुपमा चित्रण गरी मूलुकलाई राजनीतिक अस्थिरताको अनन्त चक्रब्यूहमा फसाउन खोजिरहेका छन । नेकपा एमाले जसले यो व्यवस्था, प्रणाली र संविधान ल्याउन नेतृत्व ग¥यो उसले आजको यो अवस्थाप्रति वेखबर रहन मिल्दैन । उक्त सवालमा जनतालाई सुसुचित गर्नु, सिंगो राष्ट्रलाई एकताबद्ध बनाउनु, बलियो नेतृत्व, बलियो पार्टी र बलियो राष्ट्रका माध्यमबाट आम जनतामा क्रान्तिकारी आशावादको रक्त संचार गर्नु र निष्कर्षमा सम्मृद्ध नेपाल, शुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्नु नेकपा एमालेको जिम्मेवारी हो । मंसिर ७ गते नेकपा एमाले सम्बद्ध जनसंगठनहरुले संयुक्त रुपमा आह्वान गरेको सडक प्रदर्शन यिनै बिषयमा केन्द्रित रहेको छ र रहने छ । कुनै पार्टी वा व्यक्तिप्रति लक्षित नभएर सरकारको ध्यानाकर्षण र सरकारसंगका प्रश्नमा केन्द्रित रहेर मंसिर ७ गते विशेष कार्यक्रम आयोजना गरिएको हो । तसर्थः मंसिर ७ गतेको कार्यक्रमलाई देशप्रेमी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी नेपालीहरुको साझा कार्यक्रमका रूपमा सथापित गर्नु पर्दछ । बुफ्नु पर्दछ, बुझाउनु पर्दछ र बनाउनुसमेत ।