पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको महिला सशक्तिकरण तथा बाल विकास उप–समितिको आयोजना र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाको प्रविधिक सहयोगमा शनिबार बनेपा, तीनदोबाटो स्थित संस्थाको मुख्य कार्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ ।
उक्त शिविरबाट आँखाका बिरामीहरु महिला ९६ जना र पुरुष ९८ जना गरि जम्मा जम्मा १९४ जना लाभान्वित भएका थिए । सो कार्यक्रममा समिति, उप–समिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
एक दिने आँखा शिविर उप–समिति संयोजक मञ्जु कायस्थले संयोजन गर्नु भएको थियो । समापन कार्यक्रम संचालन प्रबन्धक नवराज सापकोटा, मन्तब्य राख्ने क्रममा उप–समिति संयोजक मञ्जु कायस्थ, आँखा अस्पतालका प्राविधिक सिमा गैरे, उपस्थित हुनेमा सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य रीजना भण्डारी र अञ्जु कायस्थ सहभागी रहनु भएको थियो ।
संस्थाका अध्यक्ष निरन शाक्य एवं उक्त समापन कार्यक्रमका सभापतिबाट रेयुकाई एइको मासुनागा आँखा अस्पतालका प्राविधिकहरुलाई मायाको चिनो प्रदान गर्दै सम्पूर्ण सहभागिलाई शिविर सफलता पूवर्क सम्पन्न गराउन सहयोग गर्नृु भएकोमा हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।