काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न ठाउँलाई समेटेर बनेको उग्रचण्डी भगवती बासुकि नामक म्युजिक भिडियो भर्खरै बजारमा सार्वजनिक भएको छ । उक्त गीतमा उग्रचण्डी भगवतीलाई मुल शिर्षकमा राखेर माया प्रेममा आधारित रहेर अडियो तयार भएको देखिन्छ । कमल दाहालको उत्कृष्ट शब्द सिर्जनामा रहेको गीतले सोहि ठाँउमा वातावरणलाइ समेट्ने प्रयास गरेका छन् । यस गितको शब्द सिर्जनामा रामहरि न्यौपानेको मन लोभ्याउने संगीत तथा राम कृष्ण थापाको संगीत एरेन्ज रहेको छ । रामहरि न्यौपाने, कमल दाहाल र कल्पना पराजुलीको सुमधुर आवाज गीतमा रहेको छ ।

माया पिरती र उग्रचण्डी भगवती बासुकीलाई समेटेर बनेको सो गीतलाई माया पिरतीको कथामा आधारित रहेर म्युजिक भिडियो निर्माण गरिएको छ । कमल दाहालको कथा बस्तुमा निर्देशित भिडियोमा रविन्द्र ढालकुटि, सविता खड्का, चुनाताल खैजेडी भवन समुह, बनेपा–३, चुनातालको धमाकेदार सामुहिक अभियानलाई फिचरिङ भित्र राख्दै को म्हेन्दो मिडिया हाउसले सम्पादन गरेको छ । जिदान वाइवाको छायांकनलाई भोला दाहाल, सुनिल जिम्बा, सुन्दर पराजुलीको सह निर्देशन रहेको छ । पुरा म्युजिक भिडियोलाई कमलस् टि भि नामक युट्युब च्यानलमा हेर्न सकिन्छ । -नव क्षितिज साप्ताहिकबाट

हेर्नुस भिडियो <>