नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेस्रो राष्ट्रिय खेल आगामी कार्तिक १७ र १८ गते कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ।
कार्तिक १७ गते बाट सुरु हुने प्रतियोगिता सुर्खेतमा हुने भएको हो । प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु र विदेशी खेलाडीहरुले सहभागिता जनाउने नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न ४ विधामा प्रतियोगिता हुने पनि अध्यक्ष पाण्डेले बताए । फूल केन्पो, सेमी, केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काता अन्तर्गत विभिन्न प्रतिस्पर्धामा खेल खेलाउने संघले जनाएको छ ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स कर्णाली प्रदेश अध्यक्ष इश्वर शाहीका अनुसार सबै खेलहरु सुर्खेतमा खेलकुद परिषदको कभर्ड हलमा हुने छन ।