whatsapp sharing button
sharethis sharing button

ट्रेड युनियन कांग्रेस काभ्रेले आज शुक्रबार श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार हुनुपर्ने माग राख्दै काभ्रेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाण्डे मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने ट्रेड युनियन कांग्रेसको माग छ । यसैगरी रोजगारदाताका साथै सरकार समेत श्रमजिविको न्युनतम पारिश्रमिकमा गम्भीर देखिँदैन । सरकार आफै कानुनविपरीत देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरीरहेको छ भनि ज्ञापन पत्रमा भनिएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस काभ्रेका अध्यक्ष प्रेम शर्मा वाग्ले लगायत जिल्ला कार्यसमितिका पदाधिकारी,नेपाल ट्रेड युनियन काँग्रेस बनेपा नगर सभापति संगम थापा, लगायत अन्य नेपाली कांग्रेसका भातृ संस्थाहरुको सभापतिको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको छ ।

दिन-प्रतिदिन महँगी बढ्दै गएकाले न्यूनतम पारिश्रमिक पनि बढाइनुपर्ने, दबाव सिर्जना गर्नकै लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ज्ञापनपत्र बुझाएको ट्रेड युनियन काँग्रेस बनेपा नगर सभापति संगम थापाले बताए ।