बाग्लुङ को काठेखोला, ५,बिहुँ करलिम मा जम्मिएर जापान जस्तो अत्यन्त ब्यस्त मुलुकलाई कर्मथलो को रुपमा पाएका नारायण कंडेल गीत लेखन क्षेत्रमा चम्किलो कलम हुन। करीब २ दशक देखी नेपाली गीतसंगीत सिर्जना गर्न साधनारत उनी भुगोलको दुसुकै अबस्थाले सिर्जना गर्न रोक्दैन भन्ने बलियो उदाहरण हुन। उसो त नेपाली गीत संगीतमा प्रवासबाट उल्लेखनीय भुमिका निर्वाह गरिरहेका कलाकारहरु धेरै छन त्यसमध्ये पनी कंडेल का शब्द हरुमा राष्ट्रीयता, परदेशीहरुका वास्तविक जिवनी, मायाँ(प्रेम को गहिराई होस वा समाज हरेक कथा जिवन्त लेख्ने खुवि ले नै उनका शब्द हरेक गीतप्रेमीहरुको मनमा सजिलै बस्छन।गीतले ईतिहाँस झल्किनु पर्छ,यतार्थ कथा बोक्नुपर्छ,साहित्य जोडिनु पर्छ र अनुशासन कायम हुनुपर्छ भन्ने उनी सिर्जना भनेको केहि भावना,केहि रचना र केहि रस, केहि श्रीङ्गार मिसाएर नयाँ विषयवस्तुमा नयाँ तरिकाले नै प्रश्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी आफ्ना हरेक गीतमा यि उदाहरण हरु दिएका छन।
साविक भन्दा कम तर सबै गणना गर्न योग्य गीतहरु मात्र लेखेने कंडेल को हरेक पटकका गीत श्रोताहरुको प्रतिक्षा र रोजाई मा परेका छन र। अंकगणीत र सस्तो लोकप्रियता मा नरमाउने उनी आफ्ना सिर्जनाका स्थाई प्रशंसक बनाउन रुचाउछन। पानी र झुल्के घाम देखी गाँउमा कुरा चल्छ, मनमा पिडा छ होला यस्तै छ कहानी परदेशीको का ४ भाग, राष्ट्रीयगीत तथा आधुनिक गरी ६ वटा गीत समावेश गरिएको सलामी नामक एल्बम,तिनै दिन रमाईला,हाँसी(हाँसी,आफ्नोपन, गल्ती, लगाएत पञ्चेबाजा,टेली चलचित्र, भजन गरी लगभग ५ दर्जन गीत बजारमा छन। उनको भर्खरै मात्र बजारमा आएका चिसो सिरानी र र पिडा छ साथी पिडा पनी चर्चामा छन।
यस्तै अब्बल र शसक्त कलम चलाउन सामर्थ्यवान उनै गीतकार नारायण कंडेललाई नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा पुराएको अतुलनीय योगदान को सम्मान गर्दै नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेण्ट को आयोजनामा रहेको नाट्यश्वर म्युजिक अवार्ड को तेश्रो संस्करणको अबसरमा “बर्ष संगीत सम्मान २०७८र७९ ले सगर्व सम्मान गरिएको छ।नेपाली गीतसंगीत को श्रीवृद्धिको निम्ती यहाँको कलम थप मजबुत बनेर चलिरहने छ हार्दिक शुभकामना ।