काभ्रेपलाञ्चोक — २०४५ सालमा खानीखोला गाउँपालिकामा जन्मनु भएको युवा नेता तथा व्यवसायी राजन अधिकारी पछिल्लो समयमा राजनितिको साथ साथै समाजसेवामा क्रियासिल व्याक्तित्व रुपमा सुपरिचित हुनुहुन्छ । २०६४ साल सम्म विद्यार्थी संगठनमा आवद्ध हुनुहुन्थो । पछि गएर २०६५ साल बाट मजदुर संगठनमा आवद्ध भई सक्रिय रहनु भयो । जसमा उहाँले इकाईबाट केन्द्रिय पदाधिकारी सम्मको जिम्मेवारी लिई सक्नु भएको छ । भने पार्टी तर्फ २०६८ सालबाट जिल्ला सदस्य, २०६९ सालमा जिल्ला सचिवालय सदस्य २०७६ सालमा ने.क.पा जिल्ला सदस्य हुदैं हाल नेकपा माओबादी केन्द्र खानीखोलाको गाँउपालिका सचिब सहित जिल्ला सदस्य रहि सक्रिय हुनुहुन्छ साथै मजदुरहरुको समस्यामा उभिने, सकेको सेवा सुबिधा दिने, आश्वासन बाडेर नहिड्ने पहिचान बनाउन सफल, पछिल्लो चरण कोभिडको महामारीको समयमा सयौं मजदुर परिवारहरुलाई घर घर सम्म खाद्यान्न पु¥याउनु भएको, अस्पतालमा रहेमा बिरामीहरुलाई रगत पु¥याउने देखि कोभिड बिरामी र चिकित्सकहरुलाई खाना खुवाएको र पुराना पुल, भवन सरसफाई जस्तो सामाजिक कामले काभे्र जिल्लामा धेरैले आशा गरेका एक युवा नेतामा चर्चा हुने गरेका राजन अधिकारी संग समसामयिक विषयमा नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

 

 

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
सर्बप्रथम मलाई मेरो बारेमा केहि जिज्ञासा सहित केही कुराहरु र बिचार राख्ने अवसर दिनुहुने तपाई र तपाई आवद्ध मिडिया प्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।म आज भोलि मैले नेतृत्व गरेको सहकारी संस्थाको साधारण सभा सम्पन्न गरी सहकारी अभियानमा लागिरहेको छु भने केही समय समस्या लिएर आउने मजदुर साथीहरु र खानीखोलाका साथीहरुलाई सर्पोट मै ब्यस्त रहने गरेको छु ।

 

० व्यवसायको साथ साथै राजनितीमा सक्रिय हुनुहुन्छ ? अब तपाईको लक्ष्य ?
निकै महत्वपुर्ण प्रश्न गर्नुभयो उत्पादन बिनाको राजनितीले गर्दा आज दलको नेतृत्व गर्ने हरेक नेतागणहरुलाई नकारात्मक दाग लाग्ने गरेको छ किनकी हरेक कार्यक्रम जनताको समस्यामा पुग्दा कुनै ब्यवसायीको सहायतामा हिड्नुपर्ने बाध्यता यसको सट्टामा व्यवसायीहरुले कुनै पनि तरिकाबाट आर्थिक लाभको लागि योजना बनाउने र राजनैतिक दबाब दिन लगाई काम हातपार्ने गतिविधिहरु धेरै हुने गरेको देखेको छु यसकारण व्यवसाय र श्रम पहिलो प्राथमिकता राख्नुपर्दछ भन्ने मेरो बुझाई रहेको छ ।
सामान्यतय एक सामाजिक ब्यक्ति बन्ने योजनामा हिडेको यात्री हुँ भन्ने लाग्छ यो भित्रका धेरै बिकुती बिसंगतीलाई सफा गर्ने दायित्व हामी सबैको काँधमा रहेको छ । यहि भित्र म पनि पर्छु भन्ने साचेर अभियानमा निरन्तर लाग्ने र जिल्ला, प्रदेश राम्रो बनाउन स्थानिय तह यसको कार्यक्रम जनता प्रति कामकाजी ब्यवहारीक बनाउनु पर्छ भन्ने मा छु। यसको साथै जिल्लाको अति बिकट खानीखोलालाई भौतिक बिकासको युगमा प्रबेश गराउने यहाँको हरेक जनतालाई अबको १५ वर्ष भित्रमा शिक्षा स्वास्थ्य पुर्ण निशुल्क गराउने गरी काम गर्ने गाउँपालिका संग समन्वय गरी कार्यक्रमहरु निर्माण गरेको छौं। पहिलो चरणमा जनताहरुलाई आत्मविश्वासी बनाई दलहरु प्रति र स्थानिय सरकार संग सहकार्यमा तनमन लगाएर हातेमालो गर्न सक्ने बनाउने गरी अघि बढेका छौं । यो पछि एउटा महत्वकांक्षी योजनाको ड्राफ निर्माण गरेको छु । जुन असम्भव छैन तर सबैको सहकार्य श्रमदान बिना सजिलो पनि छैन । यो हो खानीखोला गाँउपालिकालाई वरिपरिबाट घेरेर सिमा बनेको पश्चिममा दुर्लुङ खोला देखी दक्षिणमा सिक्रे दोभान हुदै पुर्वमा चा खोला सम्म बाग्मती किनार र कोखाजोर खोलाको किनार खानीखोलाको दुबै किनार नाङगो डाँडापाखा खहरे खोल्सामा ७ लाख खयरको बिरुवा रोप्ने यसलाई १०÷१२ वर्षमा बिक्री गर्दा कम्तीमा १० हजारको दरमा बेच्दा ७ अर्ब रुपैयाँ पालिकामा भित्रिन्छ यसलाई कोष मात्र बनाएर राख्यौं भने ५ प्रतिशत ब्याज मात्र आउदा पनि वार्षिक ३५ करोड आम्दानी हुने र यहि श्रोत बाट सम्पुर्ण जनतालाई निशुल्क स्वास्थ्य र शिक्षा गर्ने लक्ष्य रहेको छ यो अभियान छिट्टै नै सुरु गर्ने तयारी हुँदै छु । सकारात्मक सोचका साथ सहकार्यमा सहभागिताको लागि सबैमा अनुरोध गर्दछु । वास्तबमा मेरो ब्यक्तिगत लक्ष्यहरु आज जिवन नै समाजको लागि हो भन्ने लाग्छ जति समस्यामा परेका हुन्छन त्यहाँ सेवा गर्न सके हुन्थ्यो भन्ने मेरो मुल लक्ष्य रहेको महशुस गर्दछु ।

 

 

० अर्को चोटि गाँउपालिकाको अध्यक्ष पदको उम्मेदवार भनेर अहिले देखिनै चर्चा छ नि खास कुरा के हो ?
यो विषय ठुलो जस्तो लाग्दैन पद कहिले लिने के पाउने भनेर यो अभियानमा हिडेको यात्री होइन भन्छु किनकी पहिलो सर्त भनेको मैले कति सेवा गर्न सके, सेवक बन्ने लक्ष्य बोकेको छु कि छैन जनताको समस्यालाई ग्रहण गर्ने क्षमता राख्छु कि राख्दिन भनेर आफुले आफैलाई समय समयमा परिक्षा लिन जरुरी छ पालिका अध्यक्ष उम्मेदवारको कुरा जुन छ जनता र पार्टीले आवश्यक ठान्नु भयो भने सामान्य विषय हो र अवको केही मिहेनत पछि पालिकामा रहनु भएका सम्भावित नेताहरु भित्र म पनि एक हु भन्ने सोचिरहेको छु तर पदको लागि भनेर मात्र कुनै पनि सेवा गर्दिन मैले सक्ने हरेक काम सेवा भावले नै गर्दै अघि बढ्ने छु ।

 

 

० प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवार जिताउन सफल हुनु भयो । के उहाँहरुले जनताको अपेक्षा पुरा गर्न सक्नु होला ?
खानीखोला गाँउपालिका गठबन्धनले निकै मिहिनतका साथ विभिन्न जालसाजी भ्रमहरुलाई चिर्दै हाम्रो उम्मेदवारहरुलाई अध्यधिक मत बढाएर पठाउन सफल भयौं यसैको आधारले दुबै जनालाई विजयी हुन सफल भयो भन्ने हाम्रो बुझाई रह्यो यो अभियानमा हामीलाई विश्वास गरी मतदान गर्नु हुने सम्पुर्ण खानखिोला बासी मतदाताज्यूहरुलाई र प्रदेश निर्वाचन प्रचार प्रसार समिती संयोजकको तर्फबाट काभे्र जिल्ला प्रतिनिधि सभा १ प्रदेश सभा ‘ख’ का सम्पुर्ण मतदाताज्यूहरु यहाँका गठबन्धन दलका नेता कार्यकर्ताहरु, शुभचिन्तक, सामाजिक ब्यक्तित्वहरु बुद्धिजिवि र दलको आश्था जता भएपनि गठबन्धन दलका उम्मेदावारहरुलाई मत दिई विजय गराउनु हुने सबैप्रति हार्दिक नमन, धन्यवाद ब्यक्त गर्दछु । जनताको अपेक्षा पुरा गर्ने सन्दर्भमा सबै पुरा गर्न सक्छन भन्ने त लागेको छैन तर आधारभुत काम र अपेक्षा प्रा गर्छन भन्ने विश्वास राखेको छु जस मध्ये वर्षभरी गाडी चलिरहने बाटो, अस्पताल संचालन र बहुमुखी क्याम्पस स्थापना, पक्की पुलहरु निमार्ण यति हुँदा अरु धेरै काम र अपेक्षा संगसंगै पुरा हुँदै जानेछन भन्ने लागेको छ ।

 

 

० तपाईहरुले पालिका अध्यक्ष, उपाध्यक्ष, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यहरुलाई कतिको खबरदारी गर्नुहुन्छ ? कि आफ्नै हो भनेर मुख दर्शक बन्नु हुन्छ ?
आजको समाजले नजिकबाट ध्यान दिने विषय मध्यको एक भाग हो यो, अवश्य पनि हाम्रो काँधमा आएको जिम्मेवारी जनताबाट भएको अपेक्षा सबैको सम्मान गर्नको लागि भए पनि सहि योजना दिनु, गलतमा खबरदारी गर्नु हाम्रो प्रमुख दायित्व हो भन्ने महसुसका साथ राम्रो योजनामा साथ दिने गलत खालका भए भने प्रश्न गर्ने, सुधार्न सुझाब दिने भएन भने जनतालाई स्पष्ट पार्नु पर्छ, म यो कार्यमा संधै अग्रपंक्तिमा रहन्छु भन्ने मेरो बुझाई र सोच रहेको छ । सकारात्मक काममा सल्लाह दिन सक्दा सबैको आत्म सम्मान हुने गर्दछ । जस्तो भर्खरै प्रतिनिधि सभा, प्रदेश सभामा निर्वाचित हुनु भएका माननिय ज्यूहरुले औपचारिक विजय ¥याली र धन्यवाद सभामा जानुभन्दा अगाडि सहिद परिवारलाई भेट गरी आमा बुबाबाट आर्शिबाद लिई सहिदहरुको फोटोमा माल्याअर्पण सहित श्रद्धाञ्जली अर्पण गरी पनौतिमा कार्यक्रममा सहभागी हुनुभयो यो पनि सकारात्मक पक्ष हो भन्ने लाग्छ यसरी नै सबैले हातेमालो गर्दै अघि बढ्नु छ । मेरो बुझाई के हो भने विजय हुनुभन्दा अघि सम्म मेरो र तेरो पक्ष भन्ने हो जब विजय हुन्छन यसलाई जनप्रतिनिधी पनि सबैका हुन र सबै जनता प्रतिनिधिहरुको दृष्टिमा समान हुनु पर्दछ भन्ने रहेको छ । यसो हुँदा विकासमा सबै एउटै अभियानमा जोडिने छन् र जनताको अपेक्षा माननिय ज्यूहरुको लक्ष्य समेत साकार हुनेछ भन्ने बुझाइमा रहेको हुँदा गलत काम कहिल्यै स्विकार गरीदैन, खबरदारी संधै रहने छ, यो विश्वास दिलाउन चाहन्छु ।

 

 

० खानीखोला गाँउ कमिटीको सचिब हुनुहुन्छ । कमिटी कतिको सक्रिय छ ?
सर्बप्रथम यहाँलाई आग्रह गर्न चाहन्छु गाँउ कमिटी भनेर कहिले कहि नभन्दिनुहोला किनभने हाम्रो ब्यबस्था संविधान अनुसार गाँउपालिका बनेको छ । यसकारण गाँउपालिका समिती वा कमिटी भन्दिनुपर्छ । हामीले भनेर अरु धेरैलाई सजिलो बनाउनु पर्नेछ । यस पछि पालिका पार्टीको बारेमा भन्नु पर्दा आजको दिनमा विपक्षी दलहरुले समेत आशा राखेको नेतृत्वमा पार्टी अघि बढेको महसुस गरेको छु । हाम्रो पार्टीको दोस्रो ऐतिहासिक सम्मेलन पस्चात अस्ती भर्खर मंसिर ११ गते १ वर्ष भएको छ यसको खुसियालीमा हामिले केही सेलिव्रेसन सम्पन्न ग¥यौे । यहा सम्म आउदा यहि वर्षमा हामिले २ वटा निर्वाचनको सामाना ग¥यौं । यसलाई निकै शान्तपुर्वक सबै दलहरु सग राम्रो सम्बन्धका साथ केहि घट्ना बाहेक सम्पन्न गर्न सफल भयौं र हाम्रो पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका १ जना बाहेक सबैजनालाई विजय गराउन सफल भयौं, गाँउबाट आर्थिक समस्यमा उपचार गर्न नसक्नु हुने नागरिकहरुको अस्पताल सँग र अरु विभिन्न सामाजिक संस्था, सहयोगी मनहरु सँगको सहयोगमा उपचारहरु गरि पठाएका छौँ । एक जना भाईलाई पूर्ण निको गराउन सकेका छैनौँ, कोभिड खोप लगाएपछि बिरामी भएको १४ वर्षिय केटाको उपचार जटिल भइरहेको छ । खर्च जुटाउन पनि प्रदेश स्वास्थ्य मन्त्रालयमा समेत आग्रह गरेका छौँ । यसरी नागरिकहरुको समस्यामा साथमा साथ लाग्ने अभियानमा हाम्रो पार्टी पंक्ती निकै सक्रिय रहेको जानकारी गराउन चाहन्छु ।

 

० स्थानिय तहमा आफ्नै पार्टिको सरकार छ, विकाश निर्माणको काम कतिको भैरहेको छ ?
स्थानिय तहमा हाम्रो पार्टिको सरकार बनेको समयको हिसाबले ६ महिना पुरा भएको छ । यो समयमा गरेको नयाँ काम (विकास) भनेको शिक्षा क्षेत्रमा एउटा विद्यालयमा प्राविधिक शिक्षा सुरु र विद्यालय बस पार्न सफल, एउटा विद्यालयमा +२ को पढाई सुरु, एउटा बन्द भएको विद्यालय संचालन, सडक तर्फ हाल सम्म ४ वटा टेन्डर भएको जसमध्य १) त्रिवेणी देउराली २) धाप्ले मिल्चे महांकाल ३. तालढुङगा हात्तिसार र ४) च्याल्टी फलामेटार सडक, स्वास्थ्यमा सहयोगी संस्था सँगको समन्वयमा एम्बुलेन्स संचालन, वागमती पुल निर्माण व्यवसायी सँग पहल कदमी, इलाका प्रसाशन कार्यलयको लागि जिल्ला सुरक्षा समितिको निर्णय सहित गृह मन्त्रालयमा निवेदन दर्ता निर्णय हुन बाँकि, अन्य बजेट र निति कार्यक्रममा व्यवस्था अनुसार को कामहरु हुने चरणमा पालिकामा पहिलो पल्ट उपभोक्ता समितिको पदाधिकारीहरुको गोष्टी सम्पन्न भएको छ । अव पार्टि र पालिका सरकारको ध्यान गाउँपालिका भवन निर्माणको लागि जग्गा प्राप्तीको प्रकृयामा अगाडी बढेका छ । पालिका प्रहरी को गठन गरि सामाजिक बिकृतिहरुमा निगरानी बढाएको छ, यो भन्दा अरु कार्यन्वयनको चरणमा छौ । पार्टी, सरकार, गठबन्दन जनता र अन्य दलहरु संगको सहकार्यमा जोड गरी, तिव्र विकास गर्ने लक्ष्य लिएका छौ । सबैलाई सकारात्मक सुझावको अपेक्षा गर्दछौ ।

 

 

० अन्तमा के भन्न चाहनुहुन्छ ? समग्रमा ।
समग्रमा मेरो ब्यतिगत, सामाजिक र राजनैतिक जिवनको बारेमा र काभ्रेको कर्णालीको परिभाषित खानिखोलाको बारेमा चासो, चिन्ता लिई मलाई विचारहरु राख्ने अवसर दिनुभएकोमा तपाई र तपाई आवद्ध मिडियालाई विश्ोष धन्यवाद दिन चाहन्छु । मेरो यति खेर सम्पुर्ण मिडिया कर्मि कर्मचारी , प्रशासन, प्रहरी प्रशासन र सम्पुर्ण तहका जनप्रतिनिधिहरु लगायत सबैमा यो अनुरोध छ कि कुरा गरेर, अरुलाई गालि गरेर, सतिले सरापेको देश भनेर, पक्ष र विपक्षमा वहस चलाएर सरकारी ढुकुटीमा कमिसनहरु मिलायर राज्यमा पहुच पु¥याएर एउटा व्यक्तिले २÷४ करोड कमाएर मात्र देश बन्दैन, समाज बन्दैन, यसकारण सबै आफ्नो जिम्मेवारी अनुसार एक दिनको लागि माटो समायर कसम खाउ, सम्पुर्ण काम विना सर्त, विना आशा, विना झन्झट, विना पहुच गर्दिने छु । हामी कोही कसैले हरेक दिन केहिन केहि श्रम गरौंं , सकारात्मक सोच बोकौ, राज्यको सम्पतिलाई र बजेटहरुलाई विल मिलाएर हैन काम गरेर लिउ कुनै पनि सम्पन्न देशहरु राजनितिको नाममा एकले अर्कालाई गालि गरेर सम्पन्न भएका हैनन, सबै मन पर्छ भन्ने छैन, ब्यतिm मन नपर्ला पार्टी विचार मन नपर्न सक्छ तर विकास भयो भने सबैको लागि हुन्छ । यसकारण खानीखोला गाउँपालिका, काभे्र जिल्ला, बाग्मती प्रदेश र सम्पूर्ण नेपाली जनहरुमा, जति गर्नुभएको छ अव थोरै थप सकारात्मक सोच सहकार्य सहित श्रम, उत्पादनमा हातेमालो गरौ, भन्न चाहन्छु, धन्यवाद, जय मातृभूमि !