काभ्रेपलाञ्चोक: नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेपलान्चोक जिल्ला कार्यसमिति र बनेपा कार्यसमितिले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का दिन बिभिन्न कार्यक्रम गरेर मनाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति र बनेपा नगर कार्यसमितिको आयोजनामा १३५ औं अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा प्रभातफेरी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

बनेपाको पार्टी भेन्युबाट चार दोबाटो सम्म र्याली गरे पश्चात् पार्टी भेन्युमा नै आएर प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव प्रसाद हुमागा, बिशिस्ट अतिथी नेपाली कांग्रेस काभ्रे सभापति तिर्थ लामाले कांग्रेसमा आवद्ध विभिन्न श्रमिक संघ, संगठनका प्रतिनिधीहरुले ट्रेड युनियन अभियान कमजोर भएको कारण श्रमिकहरु मर्कामा रहेको तर्क गरे ।

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका जिल्ला सदस्य एवं भातृ तथा शुभेच्छुक संघ सस्था बिभाग प्रमुख राम जोशी, जिल्ला सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख सन्तोष गौतम, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका सभापति प्रेमराज शर्मा वाग्ले, नेपाली कांग्रेस बनेपा सभापति महेश कर्माचार्य, ट्रेड युनियन कांग्रेस बनेपा सभापति संगम थापा, लगायतले ट्रेड युनियन अधिकार प्राप्त गर्न सबै क्षेत्रको सहयोग र साथ आवश्यक रहेको तर्क राखे ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला उप- सभापति ठाकुर प्रसाद न्यौपाने, सचिब माधव ढकाल, सह-सचिब समीर ब्यान्जु, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, नेपाली कांग्रेस बनेपा ११ को सभापति तथा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला उपाध्यक्ष राजेन्द्र थापा, नेपाल तरुण दल काभ्रे प्रदेश २ ख सभापति नहकुल केसी नेपाल शिक्षक संघ संघीय प्रतिनिधि राज कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।