“ज्ञनोदय स्कूल ज्यामिरकोटमा विद्यार्थीलाई पोशाक र ब्याग वितरण

बैशाख – २८, ज्ञानाेदय आधारभुत स्कुल ,पाँचखाल – २, ज्यामिरकाेटमा शैक्षिकशत्र २०८१ मा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त पोशाक र ब्याग वितरण कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं पाँचखाल नगरपालिकाका प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख उदय कोइराला, वडा अध्यक्ष रामेश्वर दाहाल, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे, रोटरी क्लब अफ कपनका रामभक्त दाहाल, उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य एवं पाँचखाल बाणिज्य संघका अध्यक्ष राजन कार्की, विद्यालय ब्यवस्थापन समितिका सदस्य सोकनथ गौतम, जुनु तामाङ, छायाँ तामाङ, चमेली गौतम, मंगल तामाङ , शिक्षक प्रतिनिधि पत्न बहादुर तामाङ र सदस्य सचीव एवं विद्यालयका प्र.अ मेघनाथ अधिकारी, विद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय बुद्धिजीवी, पूर्व व्यवस्थापन समितिका पदाधिकारीहरुकाे बाक्लो उपथिति रहेको थियो।

विद्यालयका प्र.अ मेघनाथ अधिकारीले विद्यालयमा भएका विभिन्नगतिविधिका बारे जानकारी गराएका थिए । गत वर्ष विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालबाट रु २५ हजार राखी शुरु गरिएको थियो । त्यसमा करिब १ लाख २५ हजार उठ्ने प्रतिबद्धता भएको थियो । अध्यक्ष दाहालकै पहलमै करिब १ लाख बराबरको साइन्स ल्याबका सामग्री उपलब्ध भएको थियो भने विद्यालयका सबै विद्यार्थीलाई नि:शुल्क ट्रयाक सुट र ब्याग वितरण गरिएको जानकारी अध्यक्ष प्रल्हाद दाहाल्ले गराए । आगामी दिनमा पनि पूर्ण शैक्षिक उन्नयनका साथ काम गर्न प्रोत्साहन दिंदै उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा अझ यिभन्दा पनि धेरै राम्रा र उत्कृष्ट कार्यक्रम ल्याइन वडा अध्यक्ष रामेश्वर दाहालले बताए ।

पाँचखाल नगरपालिकाका प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमले यस विद्यालयमा शिक्षक दरवन्दी कम भएकाले आगामी आ.ब. बाट सकेसम्म शिक्षक दरवन्दी थप गरि पठाउने कुरा बताए भने शिक्षा शाखा प्रमुख उदय कोइरालाले विद्यालयमा पालिकाको सबै निर्देशन पालना गर्दै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिन अनुरोध गरे । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सदस्य एवं पाँचखाल बाणिज्य संघका अध्यक्ष राजन कार्कीले संघको तर्फबाट ब्याग र शैक्षिक सामग्री वितरण गरिएको र आगामी दिनमा पनि यसरी नै विद्यालयलाई सहयोग गर्दै जाने कुरा बताए ।

विद्यालयमा प्रदेश सरकारको सहयोगमा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री एवं अन्य कुरा खरिदका लागि अनुदान परेकोले विद्यालयमा अब सबै आवश्यक कुराको सुविधा हुने हुँदा सबै स्थानीय एवं वरपरका अभिभावकलाई निर्धक्क ढुक्कसँग गुणस्तरीय शिक्षा प्राप्तिका आफ्ना नानीबाबु भर्ना गर्नको लागि आव्हान गरे भने विद्यार्थीहरुलाई पोशाक खरिद गर्न आर्थिक सहयोग गर्ने उद्योग वाणिज्य महासंघ, नेपाल डेरी एसोसिएसन, रोटरी क्लब अफ कपन, समानन्तर ग्रुप लगायतका सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि यसरी नै सहयोग गर्न
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले आव्हान गरेका छन् ।