धुलिखेल, सेवाग्राहीका गुनासा सुन्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ ।

हिजो बैशाख ३० गतेबाट जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नं. १८१०५०००३७७ संचालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले टोल फ्रि नं. शुभारम्भ भएको घोषणा गरेका थिए ।
प्रशासन कार्यालयबाट प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नं संचालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । टोल फ्रि नम्बरमा कल गर्दा सेवाग्राहीलाई शुल्क लाग्दैन ।
विहान ८ बजे देखि वेलुका ६ बजेसम्म १० घण्टा संचालनमा रहने उक्त सेवा जुनसुकै सेवा प्रदायकको सिमबाट पनि निशुल्क सम्पर्क गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट