पनौती, पनौती–५, ढलमलेमा रहेको मानव कल्याण समाजको बाल सेवा घरमा रहेका ३८ जना बालबालिकालाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले टीकासहितको आशीर्वाद प्रदान गरेका छन ।
आईतबार बाल सेवा घर आएका मुख्यमन्त्री थापाले बालबालिकालाई टीका लगाउदै बालबालिकाको संरक्षण तथा मानव सेवाका लागि हरेक वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गरिरहेको बताएका थिए ।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपकुमार गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा नम्बर ५ का अध्यक्ष विनोद खत्री, वडा नम्बर ४ का वडा सदस्य प्रकाश बञ्जारालगायतको सहभागिता रहेको थियो ।