नेपाली आधुनिक, लोक तथा पर्व विषेश गीतहरु दर्शक श्रोता माझ ल्याएर नेपाली सांगितीक बजारमा जमेकी गायिका शोभा क्षेत्री यति बेला तिज गीत नाँचिदेउ पातली लिएर बजारमा आएकी छन ।
चाँडपर्वका गीतहरु गाउन साह्रै मन पराउने शोभाले यस पटक ल्याएको तिज गित नाँचिदेउ पातली अरु गितहरु भन्दा बिशेष रहेको छ । तिजको नाममा विकिृतिहरु भित्रीदै गएको अवस्थामा उनले टिपिकल तिजका भाकाहरुलाइ समेटेर दर्शक तथा स्रोताको मन जित्ने खालको शब्द र स्वरमा नाँचिदेउ पातली ल्याएकी छन । गायिका शोभा क्षेत्रीलाई गायक कमल वि.सीले पुरुष स्वरमा साथ दिएका छन् ।
गायिका शोभाले यस अघि पनि हातै भरि रंग रंगका चुरा, जान्छु माईत लगायतका थुप्रै तिजका गीतहरु बजारमा ल्याई सकेकि छिन् भने हालै बजारमा आएको तिज गीत नाँचिदेउ पातलीलाई शोभा क्षेत्रीकै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । सुमित्रा कोईरालाको शब्द संगीत रहेको उक्त गीतको भिडियोमा विजय पुन, दिक्षा जि.सी र संगीता जि.सी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई राम केसीले छायाँकन तथा बिनोद बमले सम्पादन गरेका छन् । भिडियोको निर्देशन बम र अनिल राईले गरेका छन् । -नव क्षितिज साप्ताहिकबाट








