गीत संगीत को निरन्तरता मा आधुनिक गीत पनि एक पछि अर्को गर्दै बजारमा आउने क्रम निरन्तर चलिरहेको छ । माया प्रेम मा आधारित रहेको गीतहरु पनि बजारमा निकै चर्चामा रहेको छ । प्रेमको भावना रहेको गीतहरुले व्यक्तिको मनमा निकै आनन्दित गराउने र कुनै पललाई सम्झाउने र बिर्साउने खालको आधुनिक गीतहरु दर्शकहरुको रोजाइमा पर्ने गरेको पाइन्छ । यसै शिलशिलामा माया प्रेम संग सम्बन्धित गीत तिन दिन मै ट्रेनिङ मा परेको छ–मेरो माया मजाक भो ।
मेरो माया मजाक भो यो गीत माया प्रेम संग सम्बन्धित रहेर दुइ जना प्रेमि प्रेमिका बिचको सम्बन्ध लाई विषय वस्तु बनाइ एउटा कथा निर्माण गरेर कृष्ण न्यौपानेले गीतको शब्द सृजना गरेका छन् । उक्त कथामा आधारित रहेको शब्दलाई कार्की जीले म्युजिक भरेका छन् भने नेपाली गीत संगीतको धरोहर तथा ख्याति प्राप्त गायक अनि संगीतकार प्रमोद खरेलको सुमधुर आवाज रहेको छ ।
मेरो माया मजाक भोको म्युजिक भिडियोमा सुबास शर्माको जिवन्त अभिनय रहेको छ । सुबासलाई अभिनयमा चिरञ्जीवी सापकोटा,सगुन शाहि र कार्की जीले साथ दिएका छन् भने ऋषि बरालको म्युजिक भिडियो निर्देशन रहेको छ । गीतमा धेरै चर्चित चर्चित कलाकार हरुको आफ्नो छुट्टाछुट्टै अभिनय र सहकार्य रहेको छ । यसैको कारण ले होला गीत बजारमा सार्वजनिक भएको चार दिन नपुग्दै ट्रेनिङमा परेको छ ।








