सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड प्रदान गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई ललितपुरको बालकुमारीमा सम्पन्न तेस्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्डमा उक्त अवार्ड प्रदान गरिएको हो ।

गीतसंगीततर्फ ४१ विधामा र फेशनतर्फ आठ विधामा प्रदान गरिएको अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झा तथा वरिष्ठ अभिनेता मोहन निरौला र वरिष्ठ अभिनेता धीरेन शाक्यले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्नुभएको थियो । अवार्ड स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनद्वारा आयोजना गरिएको होे । पाण्डेले यसअघि पनि बिभिन्न अवार्ड प्राप्त गरिसक्नु भएको छ ।