गोधुलि साहित्य प्रतिष्ठान ले गणतन्त्र दिवसको अवसर पारेर यस बर्षको गोधुली कला सम्मान २०७८ूद्वारा हाँस्य अभिनेता घनश्याम गौतमलाई सम्मान गरेको छ । आईतबार प्रज्ञा भवन कमलादीमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गँगा प्रसाद उप्रेतीले सम्मान प्रदान गर्नु भएको हो उक्त कार्यक्रममा समाजसेवा, साहित्य, तथा कला क्षेत्रका विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिेएको छ ।

सम्मानित तथा पुरस्कृत हुने अन्य ब्यक्तित्वहरुमा
गोधुली दीर्घ साहित्य सिर्जना विशेष अभिनन्दन ९२०७८ बरिष्ठ कवि डा दुबसु क्षेत्री ।
गोधुली कला सम्मान २०७८ ( हास्य अभिनेता घनश्याम गौतम नक्कली प्रचण्ड
भानुभक्त पोखरेल, निर्मला बराल
समाजसेवी पशुपति गुरुङ
गजलकार वसन्त ओली बसन्ती
समाज सेवाी उर्मिला बि।क। , बिना बस्नेत
भुपेन बि।क। , रोशन बिशँखे
गणेश लकान्द्री र भाइराम खड्गी
बाल कलाकार प्रसन्न श्रेष्ठ
र समाजसेवी पवनलाल श्रेष्ठ हुनु हुन्छ । अभियान साहित्य कलाकार समाजका सँरक्षक डम्बर घिमिरे र समाजका अध्यक्ष समाजसेवी पशुपति दँगालको समेत को उपस्थिति रहेको उक्त कार्यक्रम मा वसन्त वली बसन्ती ले गजल बाचन गर्नु भएको थियो भने सम्मानित हुनु भएका हाँस्य अभिनेता नक्कली प्रचण्ड गौतमले प्रचण्डको क्यारिकेचर गरेर सबैलाई भरपुर मनोरन्जन दिनु भएको थियो । कार्यक्रममा साहित्यिक ब्यक्तित्वहरुले आफ्ना रचना तथा सिर्जना प्रस्तुत गरी कार्यक्रमको गरिमा बढाउनु भयो१ सम्मान तथा अभिनन्दन पछि सँस्थाको नया कार्य समिति चयन गरिएको कुरा प्रतिष्ठानका सँस्थापक अध्यक्ष प्रकाश समिरले जानकारी गराउनु भयो । कार्यक्रम सँस्थापक अध्यक्ष समिरले सन्चालन गर्नु भएको थियो ।