मण्डनदेउपुर, नेकपा एमाले काभ्रे जिल्ला कमिटीले सबै पालिकाको उम्मेदवार टुंगाएको छ । एमाले काभ्रेले पालिकामा जस्तै वडामा पनि प्राय नयाँलाई प्राथमिकता दिएको छ । यहि क्रममा मण्डनदेउपुरमा पनि धेरै नयाँ अनुहारले टिकट पाएका छन ।
मण्डनदेउपुरको नगर प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल बस्ताकोटीलाई एमालेले उम्मेदवार बनाउने भएको छ । सापकोटा एमाले जिल्ला सचिवालय सदस्य एवं नगर ईञ्चार्ज हुन भने उपप्रमुखमा सरिता ढकाल बस्ताकोटी निर्वाचित पुर्व जिल्ला कमिटी सदस्य एवं अनेमसंघकी नेतृ हुन ।
यस्तै सबै वडामा अध्यक्षको टिकट पाएकाहरु नयाँ र जुझारु रहेका छन । केहि वडा सर्वसम्वत र केहि वडा अध्यक्ष जिल्लाले छानेको हो । जिल्ला सचिव राजन भुर्तेलका अनुसार वडा नं.१ मा शिव प्रसाद ढकाल, वडा नं.२ मा नारायण शाह, वडा नं.३ मा भोला बजगाई, वडा नं.४ मा मैते सिं तामाङ, वडा नं.५ मा हर्क तामाङ, वडा नं.६ मा अमनाथ ढकाल, वडा नं.७ मा बिष्णु प्रसाद पौडेल, वडा नं.८ मा झलक प्रसाद पौडेल, वडा नं.९ मा अम्बिका हमाल ठकुरी, वडा नं.१० मा सुमन नेपाल, वडा नं.११ मा मुकुन्द सापकोटा र वडा नं.१२ मा रमेश पराजुली रहेका छन । नगरका सबै वडाका सदस्यहरु पनि छनौट भई सकेका छन ।