पछिल्लो समय कलाकारिता क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ । तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ।
यसै क्रममा पछिल्लो समय हरेक संचारमाध्यममा खोलिको पानी बोलको गीत निकै घन्किने गरेको पाइन्छ । प्रस्तुत गीतमा गायक प्रविन सापकोटा र पार्वती भुजेलको स्वर सुन्न सकिन्छ।
उक्त गीतमा शब्द रचना जि बि सुनुवारको रहेको छ भने संगीत पनि सुनुवार आफैको रहेको छ। निसान बानियाँको निर्देशन तथा अमर सुनुवारले कोरियोग्राफी गरेको भिडियोमा छायांकन प्रकाश खड्काको र सम्पादन नविन घर्ति मगरको रहेको छ। सार्वजनिक लोक तथा दोहोरि गीतको भिडियोमा रमेश थापा र अन्जु अधिकारीको धमाकेदार अभिनय रहेको छ।
हेर्नुस पुरा भिडियो>








