नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले नेपाली काँग्रेसलाई नयाँ रक्तसञ्चार गराउन पार्टीभित्र पस्कनु भएकाे रूपान्तरणको नयाँ प्रस्ताव
नेपाली कांग्रेस भित्र “रूपान्तरणको प्रस्ताव”
—————————————————
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा ब्यक्त मत र मतदानको speed र spirit अनुरुप पार्टीको आन्तरिक जीवनलाई momentum प्रदान गर्न बिषयगत प्राथमिकता र कार्यप्रणालीलाई समय सान्दर्भिक र जनमैत्री बनाउन कमसेकम केही विषयबाट भएपनि रूपान्तरण शुरु गर्न अत्यावश्यक छ।
तसर्थ, कांग्रेस रूपान्तरणका निम्न “भूँई एजेण्डा” प्रस्तुत गर्दछु ।
१. कांग्रेसको विधानअनुसार online बाट समेत apply गर्न पाउनेगरी पार्टी सदस्यता वितरण तत्काल खुला गरौं।
२. घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रुपमा अघि बढाऔं।
३. पार्टी विभागमा रहने व्यक्तिहरु बारे निश्चित मापदण्ड बनाएर (Right man लाई Right place हुनेगरी) विधानमा तोकिएअनुसार ६ महिनाभित्रै “अर्थपूर्ण/परिणामदायी विभाग” गठन गर्न तत्काल गृहकार्य शुरु गरौं।
४. टोल समितिदेखि केन्द्रीय समिति सम्मलाई तत्काल पूर्णता दिलाऔं र उनीहरुको मासिक बैठक नियमित गराऔं। सबै तहको निर्णय कार्यान्वयनको प्रभावकारी अनुगमन समेतको व्यवस्था मिलाऔं।
५. नेपालको परिप्रेक्ष्यमा प्रजातांत्रिक समाजवाद/सामाजिक लोकतंत्रको सान्दर्भिक परिभाषा र कार्यक्रम तय गरौं। जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने आर्थिक सामाजिक उत्थानका ठोस नीति, योजना र कार्यक्रमहरु निर्धारण गरौं। परिणाम देखिनेगरी कार्यान्वयन शुरु गरौं।
६. भात्रृ-शुभेच्छु संस्थाहरुको विधानलाई पार्टी विधान अनुरुप लयवध्द गराई प्रत्येक वडा तहमा प्रत्येक संस्थाको संरचना निर्माण गराई हालौं र समयवध्द अनिवार्य महाधिवेशन गर्न लगाऔं।
७. पार्टीभित्र घात-अन्तर्घातको रोग निदानका सन्दर्भमा न्यायपूर्ण मूल्यांकन पध्दति र कठोर अनुशासन प्रणाली अवलम्बन गरौं ।
८. आसन, भाषणलाई ब्यवस्थित र एकरूपता प्रदान गर्न पार्टी भित्रका साथीहरुको वरियताक्रम (हाइरार्की) निर्धारण सम्वन्धमा वैज्ञानिक मापदण्ड निर्माण गरौं। र सबै जिल्लालाई सोही अनुरुप गर्न, गराउन परिपत्र गरौं।
९. पार्टीको नीति अधिवेशन आयोजनको तयारी गरौं र पारित नीति, कार्यक्रमको जगमा भावि निर्वाचन घोषणापत्र तयार गरौं।
१०. विधान अनुसार पार्टी र संविधान अनुसार सरकार संचालन गरौं। कानूनी राज्य र सुशासनलाई सुनिश्चित गरौं।
११. चर्चित सबै भ्रष्टाचार काण्ड, सेटींग काण्डको छानवीन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिलाऔं। भ्रष्टाचार विरुद्ध सदाचार अभियानको नेतृत्व गरौं ।








