बनेपा, बिशेष गरेर प्रत्यक्ष लाईभ दोहोरीबाट ख्याती कमाएकी गायिका कल्पना दाहाल पछिल्लो समयमा म्युजिक भिडियो तथा एल्बम हरुमा पनि व्यस्त देखिन्छन् यसै क्रममा कल्पना दाहाल र काभ्रेली सर्जक÷कलाकार कमल दाहालको सयुक्त प्रस्तुतिमा कल्पना निरकमल बोलको गीत हालै सार्बजनिक भएको छ ।
लाईभ दोहोरिहरुले असंख्य श्रोता तथा दर्शकहरुको मन जितेपश्चात कल्पना र कमलको यो प्रस्तुतिले पनि सबैको मनछुने बिस्वास गर्न सकिन्छ । किन कि पछिल्लो समय बजारमा आएका गीतहरु मात्र व्यवसायिक लक्षित र ति गीतहरुको आयु छोटो हुने कारण, यो गीत आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेकोले पनि यो सफल हुनेमा बिस्वस्त रहन सकिन्छ ।
गीतमा कल्पना दाहाल र कमल दाहालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय रामकृष्ण थापाले तयार परेका हुन् भने शब्द कमल दाहालको रहेको छ । गीतको अडियो जति मिठासपूर्ण ढंगले तयार भएको छ गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक ढंगले तयार पारिएको छ । भिडियोमा अहिलेका ब्यस्त मोडल एवं निर्देशक राज तामाङ्ग (प्रकाश) कल्पना दाहाल र राज दाहालको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई छायांकन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन संगित बानियाँले गरेका छन् । म्युजिक भिडियोलाई कल्पना दाहाल नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । – हेर्नुस् भिडियो >








