प्रेमको परिभाषालाई गीत मार्फत पस्किदै सांगितिक बजारमा उदाएकी छिन काभ्रेली गायिका रितु अधिकारी ‘जलजला’ । उनको स्वरमा हालै चाँदनी रात बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सन्तोष कट्वालको शब्द रचना, विक्रम थापाको संगीत रहेको गीतमा प्रेमको परिभाषालाई ब्यक्त गरिएको छ । जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला’ र सन्तोष कटवालले फिचर्ड गरेका छन् । दिनेश पराजुलीले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो